सरकारको सय दिन भ्रष्टाचारी संरक्षण गर्नमै सकियो : प्रचण्ड

सरकारको सय दिन भ्रष्टाचारी संरक्षण गर्नमै सकियो : प्रचण्ड

  • बुधबार, कार्तिक ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.5K
    SHARES

कार्तिक ७ काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सय दिनमा भ्रष्टाचारीको संरक्षणमा मात्रै केन्द्रित रहेको आरोप लगाएका छन्।

आज बिहान पार्टीनिकट नेपाल बुद्धिजीवी संगठनका पदाधिकारीसँगको भेटमा उनले सरकारको सय दिन अवधिको बारे बोलेका हुन् ।

‘यो सरकार गठन भएको सय दिन पुगेको छ, सरकार गठन हुँदा नै हामीले जे आशंका गरेका थियौँ, एकसय दिनकोबीचमा त्यसलाई नै पुष्टि गर्ने काम सरकारले गरेको छ’, प्रचण्डले भने, ‘विपक्षी दलहरुले मात्रै होइन, नागरिक समाजका अगुवा र स्वयं सत्तारुढ दलका नेताहरुले समेत सरकारको कामप्रति असन्तुष्टि जनाइरहेका छन्। यसबाट सरकार गर्नुपर्ने काममा चुकेको र गर्न नहुने काममा मात्रै केन्द्रित भएको स्पष्ट हुन्छ।’

उद्योगहरुको बक्यौता महसुस उठाउन खोज्दा विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई हटाउन खोज्ने कुराले पनि सरकार भ्रष्टाचारीको पक्षमा रहेको स्पष्ट हुने उनले बताए ।

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै पाँचवटा विपक्षी दलले ज्ञापनपत्र बुझाएको बताए । उनले राष्ट्रपतिलाई भेटेर पनि सरकारका क्रियाकलापको ध्यानाकर्षण गराउने जानकारी दिए ।

‘अब हाम्रो पार्टीले सरकारका गलत क्रियाकलापको बिरोधमा सडकबाटसमेत आवाज उठाउने तयारी गरेको छ,’ प्रचण्डले भने, ‘आगामी कात्तिक १० गते पार्टीका बागमती, विशेष र समन्वय प्रदेश समितिको आयोजनामा काठमाडौँमा खबरदारी सभा त्यसकै लागि हो।’

 

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ