वुटवल अदालतमा छविलालको बयान चल्दै गर्दा सहकारी पीडितले बाहिर गरे प्रदर्शन

वुटवल अदालतमा छविलालको बयान चल्दै गर्दा सहकारी पीडितले बाहिर गरे प्रदर्शन

  • मङ्लबार, कार्तिक ६, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.3K
    SHARES

बुटवल कार्तिक ६ । सहकारी पीडितहरूले रूपन्देही जिल्ला अदालतअगाडि विरोध प्रदर्शन गरेका छन् । सरकारी वकिल कार्यालयमा गोर्खा मिडिया नेटवर्कका उपाध्यक्ष एवं पूर्वडीआईजी छविलाल जोशीको बयान चलिरहेका बेला पीडितहरूले बचत फिर्ता र रकम अपचलन गर्नेलाई कारबाहीको माग गर्दै सरकारी वकिल कार्यालय नजिकै प्रदर्शन गरेका हुन् ।

उनीहरूले सुप्रिमको बुटवल शाखा व्यवस्थापक सागर केसी र सहकारीका अध्यक्ष गीतेन्द्रबाबु (जीबी) राईलाई राजनीतिक संरक्षणमा भगाइएको आरोप लगाएका छन् ।

अदालतअगाडि प्ले कार्ड र कालो ब्यानरमा नारासहित विरोध प्रदर्शनमा उत्रिएर सरकारी कार्यालयतर्फ जान खोज्नेलाई प्रहरीले रोकेको छ ।

प्रदर्शनकारीले बचत रकम फिर्ता गर, हाम्रो रगत–पसिनाको कमाइ फिर्ता गर, सहकारी ठगी बन्द गर, दोषीलाई कारबाही गर, सागर केसीलाई पक्राउ गर, जीबी राईलाई पक्राउ गर लगायतका प्लेकार्ड बोकेर विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरूले रवि लामिछाने, छविलाल जोशी र जीवी राईलाई राजनीतिक संरक्षण भएको आरोपसमेत लगाएका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ