मीन बहादुर गुरुङसँग जग्गा दान लिएको बिरोध गर्ने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

मीन बहादुर गुरुङसँग जग्गा दान लिएको बिरोध गर्ने तीन नेतालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

  • आइतवार, कार्तिक ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

एमालेले पार्टी निर्णयविपरीत सार्वजनिक अभिव्यक्ति दिएको आरोपमा पूर्वउपाध्यक्ष भीमबहादुर रावलसहित तीन केन्द्रीय नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

केन्द्रीय सचिवालयको आइतबारको बैठकले रावलसहित स्थायी समिति सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनाले पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय गरेको हो।

केन्द्रीय कार्यालय भवन निर्माणका लागि व्यवसायी मीनबहादुर गुरुङबाट १० रोपनी १४ आना जग्गा दान लिने २४ असोजमा केन्द्रीय सचिवालयले गरेको सर्वसम्मत निर्णयविरुद्ध पाण्डे र तिम्सेनाले सामाजिक सञ्जालमार्फत असहमति जनाउँदै विरोध गरेका थिए। रावललाई भने लामो समयदेखि पार्टी नीतिसँग असहमति राख्दै अभिव्यक्ति दिँदै आएको आरोपमा स्पष्टीकरण सोध्ने निर्णय भएको हो।

तीन वर्षअघि चितवनमा सम्पन्न दसौँ महाधिवेशनमा केपी ओलीसँग अध्यक्षमा पराजित भएपछि रावल पार्टीमा निष्कृय छन्। महाधिवेशनमा केन्द्रीय सदस्यमा उम्मेदवारी दिन अस्वीकार गरेका रावललाई दसौँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीले केन्द्रीय सल्लाहकार पदमा मनोनयन गरेको थियो। तर, त्यस मनोनयनलाई पनि अस्वीकार गरेपछि रावलको जिम्मेवारीबारे एमाले नेतृत्व अझै टुंगोमा पुग्न सकेको छैन। ओलीसँग वार्ता गरेर समझदारी भएपछि मात्रै पार्टी काममा सक्रिय हुने अडानमा रावल छन्। अघिल्लो वर्ष अध्यक्ष ओलीलाई पार्टी केन्द्रीय कार्यालय च्यासल पुगेर भेट गरेयता रावल गृहजिल्ला अछामसहित सुदूरपश्चिम प्रदेशमा व्यक्तिगत रूपमा सक्रिय रहँदै आएका छन्। नेकपा एसमा प्रवेश गर्ने विषयलाई अस्वीकार गर्दै रावलले एमालेमै रहने बताउँदै आएका छन्।

बैठकपछि महासचिव शंकर पोखरेलले पार्टी निर्णयविरुद्ध अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेलाई स्पष्टीकरण सोधिएको जनाउँदै जिम्मेवार र अनुशासित बन्न पार्टीपंक्तिको ध्यानाकर्षण गरेका छन्। ‘सचिवालयको बैठकले पार्टी निर्णयविरुद्ध सार्वजनिक अभिव्यक्ति दिने र अस्वस्थ गतिविधि गर्नेहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ