पोखरा । शुक्रबार काठमाडौँबाट पक्राउ परेका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई कास्की प्रहरीको हिरासतमा राखिएको छ ।
शुक्रबार साँझ काठमाडौंबाट बिहान ३ बजे पोखरा पुर्याएर हिरासतमा राखिएको हो । पोखरा लैजाने क्रममा ठाँउ ठाँउमा रास्वपाका कार्यकर्ताहरुले नाराबाजी गरेका थिए ।
आज बिहान जिल्ला प्रहरी कार्यलय कास्की अगाडी पनि रास्वपा कार्यकर्ताहरुले प्रदर्शन गरेका छन् ।
आज अदालत विदा भएकाले भोली उनलाई अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाउने प्रहरीको तयारी छ ।
सहकारी ठगी प्रकरण र संगठित अपराधमा अनुसन्धानका लागि भन्दै पक्राउ पूर्जी जारी भएको छ ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline