मध्यरात सम्म रास्वपा कार्यकर्ताको नाराबाजी : एमालेका रिषिकेश पोखरेल र काँग्रेसका धनराज गुरुङलाई कार्बाही गर्न माग

मध्यरात सम्म रास्वपा कार्यकर्ताको नाराबाजी : एमालेका रिषिकेश पोखरेल र काँग्रेसका धनराज गुरुङलाई कार्बाही गर्न माग

  • शनिबार, कार्तिक ३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम् पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई काठमाडौँमा पक्राउ गरेर पोखरा लैजाने क्रममा उनका समर्थकहरूले ठाउँ ठाउँमा विरोधसहित नाराबाजी गरेका छन् ।

मधयरात सम्म चितवनको मुग्लिनमा सयौँको संख्यामा रास्वपाका नेता कार्यकर्ताहरूले प्रदर्शन गरिरहेका छन् ।

उनीहरूले सरकारले प्रतिसोधका आधारमा लामिछानेलाई पक्राउ गरेको भन्दै विरोध जनाएका छन् । नाराबाजीका क्रममा एमालेका नेता ऋषिकेश पोखरेल र कांग्रेस उपसभापति धनराज गुरुङ सहकारी ठगीमा संलग्न रहेको भन्दै उनीहरुलाई पक्राउ गरी कार्बाही गर्न माग गरेका छन।

चितवन २ बाट निर्वाचित सांसद समेत रहेका लामिछानेको पक्षमा मुग्लिनमा भीड जम्मा हुने भएपछि प्रहरीले नारायणगढबाट मुग्लिनतर्फ आउने सडक अवरुद्ध पारेको थियो ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ