रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने ओली सरकारको तयारी !

रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने ओली सरकारको तयारी !

  • शुक्रबार, कार्तिक २, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

कार्तिक २ काठमाण्डौँ । ओली सरकारले सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेलाई पक्राउ गर्ने तयारी गरेको चर्चा चलेको छ । यस अघि पक्राउ गर्ने प्रयास भएको भन्दै रास्वपाले प्रतिवाद गरेको थियो ।

सहकारी ठगी सम्बन्धि संसदीय छानविन समितिले कार्बाहीको सिफारीस गरेकाले पक्राउ पर्ने जानकारी आफूले पाएको बिपक्षी दलहरुको बैठकमा माओवादी अध्यक्ष प्रचण्डले जानकारी दिएका थिए ।

उनले रवि लामिछाने लाई पक्रने संकेत आफूले बताएको जानकारी दिए पछि रास्वपाका नेताहरुले त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

शुक्रबार नयाँ बानेश्वरमा बसेको प्रमुख प्रतिपक्षी दलहरूको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता श्रेष्ठले सभापति लामिछानेलाई शक्तिको दुरुपयोग गरी पक्राउ गरे आफूहरू त्यसको प्रतिवादमा उत्रिने बताएका हुन्।

सहकारी प्रकरणमा सघाउन सभापति लामिछाने आफै तयार रहेको उनको भनाइ छ।

सहकारी छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको आरोपमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जीबी राई,तत्कालीन प्रबन्ध निर्देशक लामिछाने र सञ्चालक छविराज जोशीलाई कारबाही गर्न सिफारिस गरेको थियो। तीमध्ये जोशीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ