स्थानीय उपनिर्वाचनमा पुरुष प्रमुख रहेका ठाँउमा अनिवार्य महिला उपप्रमुखको उम्मेद्धार बनाउन दलहरुलाई आयोगको निर्देशन

स्थानीय उपनिर्वाचनमा पुरुष प्रमुख रहेका ठाँउमा अनिवार्य महिला उपप्रमुखको उम्मेद्धार बनाउन दलहरुलाई आयोगको निर्देशन

  • बिहिबार, कार्तिक १, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनमा पुरुष प्रमुख र उपप्रमुख रहेको स्थानमा महिलालाई उम्मेदवार बनाउन राजनीतिक दलहरूलाई निर्देशन दिएको छ।

यसअघि पुरुषले कार्यभार सम्हालेका पालिका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष र जिल्ला समन्वय समिति प्रमुखरउपप्रमुख पदमा महिलालाई उम्मेदवार बनाउन आयोगले निर्देशन जारी गरेको हो।

बुधबार बसेको आयोगको बैठकले स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६७ बमोजिम उक्त निर्देशन जारी गरेको आयोगका आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

उनका अनुसार स्थानीय तहको उपनिर्वाचनमा रिक्त रहेका गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष, नगरपालिकाको प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुख पदमा दलहरूले उम्मेदवारको मनोनयन पत्र पेस गर्दा २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनमा पुरुष उम्मेदवार निर्वाचित भई कार्यभार सम्हालेका पदमा महिला उम्मेदवार रहने गरी मनोनयन पत्र पेस गर्नुपर्नेछ।

स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा १७ को उपदफा ४ को ९१० अनुसार चुनावका लागि मनोनयन पत्र पेस गर्दा दलले अध्यक्ष र उपाध्यक्ष, प्रमुख र उपप्रमुख तथा जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखमध्य ५० प्रतिशत महिला उम्मेदवार उठाउनुपर्ने प्रावधान छ। तर, दलहरूले यसअघिको स्थानीय तहका चुनावमा गठबन्धन गर्दा महिलाभन्दा पुरुष उम्मेदवार बढी उठाएका थिए।

निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचन मंसिर १६ गते गर्दैछ। त्यसका लागि मंसिर २ गते मनोनयन दर्ता गर्ने मिति तय गरिएको छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ