इजरायलले क्रूर र बर्बर युद्ध तत्काल रोक्नु पर्छ : नागरिक समाज

इजरायलले क्रूर र बर्बर युद्ध तत्काल रोक्नु पर्छ : नागरिक समाज

  • बुधबार, अशोज ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौँ —इजरायलले प्यालेस्टिनी जनतामाथि गरहेको नृशंस संहार र सफायाविरुद्ध नेपालका राजनीतिज्ञ र नागरिक समाजका प्रबुद्ध व्यक्तिहरूले निन्दा गरेको छ । उनीहरुले बुधबार संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलसमक्ष क्रुर र बर्बर युद्ध तुरुन्त बन्द गर्न माग गरेका छन् ।

उनीहरुले यस्तोमा आफ्नो जीवनमाथि खेलवाड हुनेगरी मृत्युको धराप जस्तो भएको इजरायल, गाजा र लेबनानमा कदापि नजान हामी सबै नेपाली नागरिकलाई अनुरोध गरेका छन् ।

‘युद्ध चलिरहुञ्जेल श्रमको सिलसिलामा इजरायल र लेबनान गएका नेपालीको जीवनरक्षाको लागि बेलैमा उनीहरूलाई नेपाल फर्काउने कदम चाल्न तथा तुरुन्तै पठाउन लागेको नेपाली श्रमिकलाई निश्चित समय रोक्न पनि हामी नेपाल सरकारलाई अपील गर्दछौं’ उनीहरूले भनेका छन् ।

उनीहरुले इजरायल सरकारलाई अबिलम्ब सम्पूर्ण आक्रामक गतिविधि, नृशंस नरसंहार र जातीय सफायाका गतिविधि रोक्न, राष्ट्रसंघलाई पुनर्निर्माण र मानवीय सहायताका कार्य गर्नंदिन, विस्थापित प्यालेस्टिनीहरूलाई आफ्नो बासस्थानमा फर्किन दिन भनेका छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ