प्रधानमन्त्री केपी शर्मा ओलीले काङ्ग्रेस र एमाले मिलेर बनेको बर्तमान सरकार दुई तिहाईको बहुमत सहित बनेको र खरानीको डल्लो नभएकोले ८४ सालको चुनाव सम्म परिवर्तन नहुने दाबी गरेका छन् ।
बुधबार प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले दशै पछि सरकार ढल्छ भन्ने भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र ल्याउन र देशको बिकासका लागि लडेका ठुलो पार्टी मिलेर बनेकोले बलियो रहेको र कसैले ढाल्न नसक्ने स्पष्ट पारे ।
उनले कसैले सरकार परिवर्तन गर्न चाहे ८४ सालको चुनाब जितेर गर्न पर्ने बताए ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline