व्यापारीलाई पार्टी भवन बनाउन दिएको भन्दै एमाले भित्र असन्तुष्टी, पाँच लाख सदस्यको अपमान भएको टिप्पणी

व्यापारीलाई पार्टी भवन बनाउन दिएको भन्दै एमाले भित्र असन्तुष्टी, पाँच लाख सदस्यको अपमान भएको टिप्पणी

  • सोमवार, अशोज २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

असोज २८ काठमाण्डौँ । भाटभटेनी सुपरमार्केटका मालिक मीन बहादुर गुरुङलाई पार्टी कार्यलयको भवन बनाउने जिम्मा दिएको भन्दै एमाले भित्र असन्तुष्टी बढेको छ ।

एमाले नेताहरुले २८ लाख मतदाता र पाँच लाख पार्टी सदस्यको अपमान भएको सार्वजनिक टिप्पणी समेत गरेका छन् ।

एमाले स्थायी कमिटी सदस्य डा विन्दा पाण्डेले व्यवसायीबाट दान लिनुलाई साढे पाँच लाख पार्टी सदस्यको शिर झुकाउने कदम भनेकी छन्। साथै उनले २८ लाख मतदाताको अपमान हुने तर्क पनि गरेकी छन्।

राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको भन्दै उनले निर्णय सच्याउनुपर्ने भनेकी छन्।

उनले लेखेकी छन्, ‘साढे पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो। व्यापार व्यवसाय गर्नेले पारदर्शीरूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै हो। तर, राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत हो। दिनेले किन र कसरी दिए, उनैलाई थाहा होला। तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा, जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ।’

पार्टीको यस निर्णयले मनमोहन अधिकारी र मदन भण्डारीले उँचो बनाएको इतिहास र पार्टी पंक्तिको स्वाभिमान बचाउन यो निर्णय सच्याउनुपर्ने आग्रह गरेकी छन्। उनको टिप्पणी छ, ‘समय घर्किसकेको छैन। मनमोहन र मदनहरूले उँचो बनाएको पार्टीको इतिहास, वर्तमानमा बाँचेको स्वाभिमानी पार्टीपंक्ति र भावी सन्ततिका लागि एमालेको गौरव जोगाउने हो भने यो गलत निर्णय सच्याउनैपर्छ। समयमै सोचौँ।’

२५ वर्ष पहिला एक दिनको पारिश्रमिक योगदान गरी एमालेको मजदुर संगठन जिफन्टले बनाएको मनमोहन मजदुर भवनको दृष्टान्त दिँदै उनले प्रश्न गरेकी छन्, ‘अभियानमा सहभागी हरेकले आज पनि जिफन्टको कार्यालय पुग्दा गर्व गर्छन् तर आज साढे पाँच लाख पार्टी सदस्य र मतका आधारमा सबैभन्दा ठूलो दलको कार्यालय निर्माणस्थल दानमा लिएर नेतृत्व गर्व गर्ने ठाउँमा पुगेकै होरु’

असोज २५ गते प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कीर्तिपुर नगरपालिका(२, मैत्रीनगरमा एमाले केन्द्रीय कार्यालयको भवन शिल्यानास गरेका थिए।

भाटभटेनी स्टोरका सञ्चालक मीनबहादुर गुरुङ र उनकी श्रीमती सावित्री गुरुङले दान गरेको १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन निर्माण गर्ने भनिएको छ। व्यवसायी गुरुङले स्वघोषणा नै गरेर जग्गासहित भवन पनि आफैले बनाइदिने भएपछि कार्यालयको शिलान्यासमा प्रधानमन्त्री ओली आफै पुगेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ