बाढीले दुखः दिएपछि एमालेले कीर्तिपुरमा नयाँ भव्य पार्टी कार्यलय बनाउने, आज ओलीले सिलन्यास गर्ने ( भिडियो सहित )

बाढीले दुखः दिएपछि एमालेले कीर्तिपुरमा नयाँ भव्य पार्टी कार्यलय बनाउने, आज ओलीले सिलन्यास गर्ने ( भिडियो सहित )

  • शुक्रबार, अशोज २५, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.5K
    SHARES

काठमाडौं, २४ असोज । नेकपा एमालेले कीर्तिपुर–२ मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने भएको छ ।
बल्खुको भवन भुकम्पले भत्काए पछि धुम्बाराही, थापाथली हुदैँ च्यासल ललितपुरमा स्थान्तरण हुदैँ आएको पार्टी कार्यालय अब किर्तिपुरमा निर्माण गरिन लागिएको हो ।

हिजो बसेको एमाले सचिवालय बैठकले मैत्रीनगरमा केन्द्रीय कार्यालयको भवन निर्माण गर्ने निर्णय गरेको हो । जसको भोली शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले शिलान्यास गर्नेछन् ।

शुक्रबार १२ बजेर २५ मिनेटको शुभ साइतमा पार्टी कार्यालयको भवन शिलान्यास गर्ने कार्यक्रम रहेको एमालेले जनाएको छ । सो स्थानमा झन्डै १२ रोपनी जग्गा रहेको छ ।

च्यासलमा रहेको केन्द्रीय कार्यालयमा पटक पटक मनोहराको पानी पसे पछि एमालेले किर्तिपुरमा पार्टी कार्यालय बनाउन लागेको नेता प्रदीप ज्ञवालीले जानकारी दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ