लामिछानेलाई कारबाही गर्न माग गर्दै जसपाले बुझायो सिडियोलाई ज्ञापन पत्र

लामिछानेलाई कारबाही गर्न माग गर्दै जसपाले बुझायो सिडियोलाई ज्ञापन पत्र

  • बुधबार, अशोज २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

वीरगंज २३ भाद्र । जनता समाजवादी पार्टीले वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह माथि दुव्र्यवहार गर्नेलाई कारबाही गर्न माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएको छ ।

पार्टीको वीरगंज महानगर कार्य समितिका अध्यक्ष इश्वरचन्द्र यादवको नेतृत्वमा गएको टोलीले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषाललाई ज्ञापन पत्र बुझाउँदै महानगर प्रमुखमाथि दुव्र्यवहार गर्ने शिव ओम लामिछाने र उनका छोरा सुदर्शन लामिछानेलाई कारबाही गर्न माग गरेको हो ।

प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाउँदै महानगर अध्यक्ष यादवले महानगर प्रमुख सिंहमाथि दुव्र्यवहार गर्ने दुबैलाई तत्काल नियन्त्रणमा लिएर कारबाही नगरे आफूहरु पनि आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिए ।

हालै आएको अविरल वर्षापछि वीरगंज महानगरपालिकाको वडा नं। १७, २०, २४ र २६ को दर्जनौं घरसहित सयौँ विघा जग्गामा लगाइएको धानबाली डुबानमा परेको र त्यसले आफूहरुको जनजीवन नै अस्तव्यस्त बनाएको भन्दै स्थानीयले उद्धारका लागि निवेदन दिएपछि महानगर प्रमुख सिंह प्राविधिक टोलीसहित सोमबार उक्त क्षेत्रमा पुगेका थिए ।

सम्बन्धित वडा अध्यक्षमार्फत समस्या समाधानको प्रयास भए पनि निकास ननिस्किए पछि प्राविधिक सहित स्थलगत अवलोकनमा पुगेका बेला महानगर प्रमुख सिंह माथि वडा नं। १७ अलौमा लामिछानेद्वयले दुव्र्यवहारको प्रयास गरेका थिए ।
महानगर प्रमुखमाथि दुव्र्यवहारको प्रयास गर्नु निन्दनीय र अराजक रहेको भएको भन्दै उनीहरुलाई कारबाही गरी त्यस क्षेत्रका डुबान पीडित नागरिकको समस्या तत्काल समाधान गर्न ज्ञापन पत्र मार्फत प्रमुख जिल्ला अधिकारीसँग आग्रह गरिएको छ ।

पानी निकासको विषयलाई अहिले राजनीतिक रंग दिन खोजिएको भन्दै आपत्ति समेत जनाएको छ । साथै घटनाको बारेमा यथार्थ नबुझी गाउँलेलाई डुबानमै राखिरहने राजनीति भएको भन्दै महानगर अध्यक्ष यादबले पार्टीले त्यसको भण्डाफोर गरेर गाउँलेलाई डुबानबाट बचाउन आफूहरु लागि पर्ने पनि बताए ।

ज्ञापन पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भुषालले घटनाको बारेमा यथार्थ बुझेर कारबाही गर्न आफू तयार रहेको प्रतिकृया दिए । उनले त्यस क्षेत्रका नागरिक डुबानबाट वास्तवमै पीडित रहेको र आफूहरुकोमा पनि निवेदन दिएको बताउँदै डुबानबाट बचाउन सबै लाग्नु पर्नेमा जोड दिए ।

ज्ञापन पत्र बुझाउन जसपा नगर अध्यक्ष इश्वर चन्द्र यादव, उमेशलाल सहनी, तुफान अन्सारी, मुस्तकिम अन्सारी, कलाम मियाँ, नुर आलम अन्सारी, विष्णु पटेल, वकिल मियाँ, हरेन्द्र साह, दिपु वर्मा, संगिता दास लगायतको सहभागिता रहेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ