बाढी पहिरो पीडित नागरिकले लाभग्राही पहिचान गरेको तीन दिन भित्रै अस्थायी आवास खर्च निकासा गर्ने

बाढी पहिरो पीडित नागरिकले लाभग्राही पहिचान गरेको तीन दिन भित्रै अस्थायी आवास खर्च निकासा गर्ने

  • शनिबार, अशोज १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.5K
    SHARES

काठमाडौं । गृहमन्त्री रमेश लेखकले बाढी, पहिरो र डुबानलगायत प्रभावित जिल्ला-पालिकाहरूलाई चाँडोभन्दा चाँडो लाभग्राही पहिचान गरी पठाउन आग्रह गरेका छन्।

शनिबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले लाभग्राही पहिचान भएर आएको तीन दिनभित्र अस्थायी आवास बनाउन रकम उपलब्ध गराउनसक्ने बताए। उनले विपद्‍मा ठूलो जनधनको क्षति भएकोमा सरकारको गम्भीर रूपले ध्यानाकर्षण भएको बताए।

मृतकका परिवारलाई दुई लाख राहत दिने निर्णय गरेर सम्बन्धित जिल्लामा रकम पठाएर घरमै पुगेर वितरण गरिरहेको र घाइतेहरूको पनि अस्पतालमा निःशुल्क उपचार अघि बढेको उनले बताए। बाढी पहिरो प्रभावित पालिकाहरूलाई सरकारले विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिसकेकाले त्यसमा राज्यले सम्पूर्ण ध्यान केन्द्रित गरेको जानकारी दिए।

गृहमन्त्री लेखकले ग्रामीण भेगमा नागरिकहरूको स्वास्थ्य उपचारका लागि आपतकालीन हेली उद्धार तथा संरक्षणको मागसहित एक महिनाअघि आमरण अनसन बसेका तेह्रथुमका ४२ वर्षीय दीपक सिलवालसँग सहमति गर्दै जुस खुवाएर अनशन अन्त्य गराएका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ