रास्वपाको गढ चितवनमै रवि लामिछाने बिरुद्ध प्रदर्शन

रास्वपाको गढ चितवनमै रवि लामिछाने बिरुद्ध प्रदर्शन

  • शनिबार, अशोज १९, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.1K
    SHARES

चितवन असोज १९ । रास्वपाको गढ मानिएको चितवनमै सहकारी पीडितले रास्वपा सभापति रवि लामिछाने बिरुद्ध सहकारी पीडितले प्रदर्शन गरेका छन् ।
लामिछाने बिरुद्ध प्रदर्शन गर्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन–२ बाट प्रतिनिधिसभा सदस्य समेत रहेका लामिछाने शनिबार चितवनवासीसँग भेटघाट कार्यक्रमका लागि नारायणघाटस्थित नारायणी कला मन्दिरमा पुगेका थिए ।

त्यही कार्यक्रमका बीच सहकारीपीडितहरूले विरोध प्रदर्शन गरेका थिए । हलभित्र कार्यक्रम चलिरहेका बेला बाहिर सहारा वहुउद्देश्य सहकारी र सनराइज बचत तथा ऋण सहकारीका बचतकर्ताहरूले विरोध प्रदर्शन गरिरहेका थिए ।

त्यही क्रममा प्रहरीले बचतकर्ता अब्दुल मिया अन्सारीसहित चार जनालाई पक्राउ गरेको हो । पीडितहरूका तर्फबाट शान्तिपूर्ण विरोधसहित ज्ञापनपत्र बुझाउन जाँदा आफूहरूमाथि रास्वपाका कार्यकर्ताले ढुंगा प्रहार गरेको सहकारी पीडितहरुको गुनासो छ ।

क्ष्

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ