लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

लेबनानमा रहेका नेपालीहरुलाई आफ्नो विवरण उपलब्ध गराउन सरकारको आग्रह

  • शनिबार, अशोज १२, २०८१
  • मिर्मिरे अनलाइन

  • 4K
    SHARES

काठमाडौँ । सरकारले लेबनानमा रहेका नेपालीहरुको सूची अध्यावधिक गर्न विवरण उपलब्ध गराइदिन आग्रह गरेको छ ।

इजिप्टको कायरोस्थित नेपाली दुताबासले एक सूचना जारी गर्दै पछिल्ला दिनमा लेबनानमा विकास भइरहेको परिस्थितिका सम्बन्धमा लेबनानमा रहेका सम्पूर्ण नेपाली नागरिकहरुलाई अधिकतम सतर्कता अपनाउदै आफ्नो विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।

दुताबासले कुनै समस्या परेमा सम्पर्क गर्न भन्दै फोन नम्बर र इमेल ठेगाना समेत सार्बजनिक गरेको छ ।

सम्पर्क ठेगाना निम्न बमोजिम छ :

कायरो

इमेलः eoncairo@mofa.gov.np
सम्पर्क व्यक्तिः
दीपक घिमिरे, द्वीतिय सचिव
फोन नं. +201097772348 (WhatsApp)

माधवराज काफ्ले, तृतीय सचिव
फोन नं. +201002505997 (WhatsApp)

बेरुत

इमेलः consul@consulateofnepal.com
मोहम्मद गोजायल, अवैतनिक महावाणिज्यदूत
फोन नं. +9613301181/+96171688821/+96181883713

साथै लेबनानमा रहेका नेपाली नागरिकहरुले दूतावासको वेबसाइटमा रहेको लिंक https://eg.nepalembassy.gov.np/registration-of-nepali-nationals-in-lebanon/ मार्फत् आवश्यक विवरण उपलब्ध गराउन सकिने छ ।
इजरायलले लेबनानमा रहेका हिजबुल्लाहका केन्द्रहरुमा हवाई आक्रमण शुरु गरेपछि लेबनानको अवस्था नाजुक बनेको छ । अहिलेसम्म नेपाली नागरिकको अवस्था सुरक्षित रहेको बताइएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी