कोशी ब्यारेजमा बस खसेर दुर्घटनामा परेका सबै २० यात्रुको उद्धार

कोशी ब्यारेजमा बस खसेर दुर्घटनामा परेका सबै २० यात्रुको उद्धार

  • बिहिबार, अशोज १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

इनरुवा, असोज १० गते। सप्तकोशी नदीमाथि बनेको कोशी ब्यारेजबाट यात्रु बस खसेको छ। पूर्वपश्चिम राजमार्गको कोशी ब्यारेजबाट बिहीबार साँझ बस नदीमा खसेको हो।

विराटनगरबाट पश्चिम गाईघाटतर्फ जाँदै गरेको यात्रुवाहक बस कोशी ब्यारेजको पुल दक्षिणतर्फ खसेको हो। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ४६०१ नम्बरको नरसिंह डिलक्स यातायातको बस बिहीबार साँझ कोशी ब्यारेजको ३४–३५ नम्बर ढोकामा खसेको हो।

बसमा २० जना सवार रहेकोमा सबै यात्रुको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। बस भने कोशी नदीमै छ। दुर्घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीले जानकारी दिनुभयो।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी