सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या

सर्लाहीमा श्रीमतीको गोली हानेर हत्या

  • बिहिबार, अशोज १०, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

सञ्जय मिश्रा, रौतहट । सर्लाहीमा बैदेशिक रोजगारीबाट फर्किएका एकजना युवकले गएराती आफ्नै श्रीमतीलाई गोली हानेर हत्या गरेका छन् । उनको गोली प्रहारबाट उनको बुबा समेत घाईते भएका छन् ।

स्थानीय हरिपुर्वा नगरपालिका -५ घर भएका ३० वर्षीय धिरेन्द्र राय यादवले प्रहार गरेको गोली लागेर उनको श्रीमती २५ वर्षीया चित्रलेखा राय यादवको घटनास्थलमा नै ज्यान गएको हो ।

गोली लागेर उनको बुबा ५३ वर्षीय दिनेश राय यादव समेत घाइते भएका छन । श्रीमतीको टाउकोमा र बाबुको दाहिने हातमा गोली प्रहार गरिएको छ । घाइतेको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हत्याका आरोपी धिरेन्द्र फरार रहेको तथा उनको खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ । मृतक महिलाको शव समाचार तयार पार्दासम्म घटनास्थलमै रहेको छ । अहिले घटनास्थलमा प्रहरी सहित स्थानिय सैयौं महिला पुरुष जम्मा भएका छन् ।

घटनास्थलबाट सानो हतियार र उक्त हतियारको दुई राउन्ड खोका र एक राउन्ड मिस फायर भएको गोली फेला परेको सर्लाही प्रहरीले जानकारी दिएको छ ।

केहीसमय अघि यादव बैदेशिक रोजगारबाट फर्केपछि पारिवारिक विवादका कारण यो घटना भएको बताइएको छ । घटना पछि आरोपी युवक र उनीसँग आएका गरी तीनैजना फरार भएका छन् ।

घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी