काँग्रेस र एमाले मिलेपछि जनतामा आनन्द र खुसी छाएको छ : देउवा

काँग्रेस र एमाले मिलेपछि जनतामा आनन्द र खुसी छाएको छ : देउवा

  • शनिबार, अशोज ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 7.4K
    SHARES

काभ्रे असोज ५ । सत्तारुढ नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस– एमाले मिलेपछि जनता खुसी भएको बताएका छन् ।

शनिबार काभ्रेको धुलिखेलमा बीपी कोईरालाको शालिक अनावरण गर्दै उनले दुई ठूला पार्टीबीचको गठबन्धनले जनतामा आनन्द र खुशी छाएको टिप्पणी गरे।

‘एमाले र कांग्रेस दुई वटा पार्टी मुख्य प्रतिस्पर्धी पार्टी हो, दुई वटै पार्टी मिल्दाखेरी के हुन्छ भन्ने चिन्ता पनि छ मानिसहरुलाई,’ देउवाको भनाइ छ, ‘तर प्रतिस्पर्धी पार्टी मिल्दाखेरी देशभरीमा नै मैले थाहा पाए अनुसार त नेपाली जनताहरु खुशी भएका छन। कति कचकच गर्ने, दुई वटा पार्टी मिलेका छन्, आनन्द भएको छ भन्नेहरु छन यहाँ। त्यसकारण दुई वटा पार्टी मिलेर देशभरमा एउटा सकारात्मक सन्देश दिएको छ।’

सभापति देउवाले संविधानमा समावेशी समानुपातिक प्रणालीका कारण कुनै एउटा पार्टीले बहुमत ल्याउने नसक्ने कठिन अवस्थामा पनि पार्टीलाई बहुमतमा पुर्‍याउने गरी मेहनतका साथ काम गर्नुपर्ने बताए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ