प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आईतबार अमेरीकामा भेटवार्ता हुने

प्रधानमन्त्री ओली र भारतीय समकक्षी मोदीबीच आईतबार अमेरीकामा भेटवार्ता हुने

  • शनिबार, अशोज ५, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असोज ५ काठमाण्डौँ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच अमेरिकामा भेटवार्ता हुने भएको छ। न्युयोर्कको स्थानीय समयअनुसार आइतबार ९२२ सेप्टेम्बर० साँझ साढे ५ बजे उनीहरूबीच भेटवार्ता हुने भएको हो। यस अघि मोदीले समय नदिदा भेट निश्चित भएको थिएन । मोदी आज बिहान न्युयोर्क प्रस्थान गरिसकेका छन्।

मोदी अमेरिकाको विल्मिङटनमा हुने अमेरिका, अस्ट्रेलिया, जापान र भारत सम्मिलित क्वाड राष्ट्रका नेताहरुको समिटमा भाग लिन त्यसतर्फ गएका हुन्।

संयुक्त राष्ट्रसंघको ७९ महासभामा भारतीय प्रतिनिधिमण्डलको नेतृत्व विदेशमन्त्री एस जयशंकरले गर्ने भएकाले पनि यसअघि मोदीको न्युयोर्क भ्रमणबारे संशय थियो।

क्वाड राष्ट्रका नेताहरूको बैठकमा सहभागी हुन भारतीय प्रधानमन्त्री मोदी आज बिहान अमेरिका प्रस्थान गरिसकेका छन्।

बैठक सकेर मोदी आइतबार साँझ न्युयोर्क पुग्ने कार्यतालिका छ।

न्युयोर्क पुगेसँगै स्थानीय समयअनुसार साँझ साढे ५ बजे नेपाल र भारतका प्रधानमन्त्रीबीच भेटवार्ता हुनेछ।

नेपालका प्रधानमन्त्री ओलीले भ्रमणको निम्तो पठाए पनि भारतले नेपालको प्रधानमन्त्रीलाई भ्रमणमा अझै बोलाएको छैन ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ