मन्त्रीपरिषद् बैठकमा निर्णयमा के के छन् ? ( सूची सहित )

मन्त्रीपरिषद् बैठकमा निर्णयमा के के छन् ? ( सूची सहित )

  • शुक्रबार, अशोज ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.4K
    SHARES

असोज ४ काठमाण्डौँ । मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गरिएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले आउँदो कात्तिक ५ देखि १० सम्म संयुक्त राज्य अमेरिकाको राजधानी वासिंगटन डिसीमा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिने अर्थमन्त्री बिष्णुप्रसाद पौडेलको प्रतिनिधिमण्डललाई स्वीकृती दिने निर्णय गरेको छ ।

सरकारले सामान्य प्रक्रियाबाट पछर्यौट हुन नसकेकेको बेरुजु पछर्यौट गर्न प्रतिनिधि सभा सदस्य अच्युतप्रसाद मैनालीको अध्यक्षतामा बेरुजु पछर्योट समिति गठन गर्ने र समितिको कार्यक्षेत्र तोक्ने पनि उक्त बैठकले निर्णय गरेको छ ।

मन्त्रीपरिषदको बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघको व्यवस्थापन समितिको रिक्त पदमा धुव्र आचार्य, ललिताकुमारी महर्जन र महेशप्रसाद काफ्लेलाई मनोनयन गर्ने निर्णय गरेको छ । यसैगरी, प्रत्येक वर्षको बैशाख ७ गतेलाई राष्ट्रिय याक दिवसको रुपमा मनाउने पनि निर्णय गरेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ