पार्टी बिरुद्ध लाग्ने नेता कार्यकर्तालाई छुट नदिने माधव नेपालको चेतावनी

पार्टी बिरुद्ध लाग्ने नेता कार्यकर्तालाई छुट नदिने माधव नेपालको चेतावनी

  • शुक्रबार, अशोज ४, २०८१
  • मिर्मिरे अनलाइन

  • 4.1K
    SHARES

काठमाडौँ । नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपालले पार्टीकै नेता(कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै अबदेखि पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही केही नेता कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

‘केही केही साथीहरूले अनेक ढङ्गले निराशा पैदा गर्नेगरी लेख्ने गरिरहेका छन्, बोल्ने गरिरहेका छन् । त्यो तरिका गलत हो’, अध्यक्ष नेपालले भने, ‘जे लागेको छ पार्टीभित्र राख्नुस्, कमजोरी छन् भने छलफलको विषय बनाऔँला । तर चुनावमा नजितेपछि असन्तुष्टि पोख्दै हिँड्ने कुरा गलत हो त्यसलाई छुट दिन सकिँदैन ।’

अध्यक्ष नेपालले पार्टीप्रतिको जनताको विश्वलाई कमजोर बनाउने कुनै पनि काम पार्टीमा माया भएको मानिसले गर्न नहुने भन्दै रिसको झोँकमा लेख्नुको साटो बरु घरमा गएर पानी पिएर, नबोलेर र मोबाइल समेत नचलाउन सुझाव दिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ