बनहरा नदीको कटानी वादी बस्तीमा,सिङ्गो गाँउ विपद्को उच्च जोखिममा

बनहरा नदीको कटानी वादी बस्तीमा,सिङ्गो गाँउ विपद्को उच्च जोखिममा

  • शनिबार, भदौ २९, २०८१
  • डम्मर दत्त भट्ट

  • 5.5K
    SHARES

कञ्चनपुर, २९ भदौँ।
कञ्चनपुर जिल्लामा विहिबार देखि अबिरल रुपमा परेको बर्षाले चुरे भएर बग्ने बनहरा नदी वादी टोलमा पसेको छ । बनहरा नदीले कृष्णपुर नगरपालिका २ बंक, प्रगति टोलको वादीबस्तीमा कटानी गरिरहेको छ ।
नदीले धार परिर्वतन गरेर वादीबस्तीतिरै कटानी गरिरहेको छ । बनहरा नदी विपद् व्यवस्थापन समितिका अध्यक्ष पदम रानाले नदीमा पानीको सतह बृद्धि भएपछि वादीबस्तीमा कटानी गरिरहेको बताए । उनका अनुसार उत्तर दक्षिणको पश्चिम भएर बग्ने बनहरा नदी अहिले धार परिर्वतन गरेर पुर्व वादीबस्तीतिर आएर कटानी गरिरहेको बताए ।
‘नदीले धार परिर्वतन गरेपछि अहिले वादी टोलमा कटानी गरेको छ, झण्डै दुईसय मिटर सडक सहित केही स्थानीयका जमिन कटानी शुरु गरेको छ, ‘उनले भने, ‘यस्तै अवस्था रहे सिङ्गो वादीबस्तीको गाँउदेखि आसपासका गुन्यालफाँटा, बंक सहितको गाँउबस्ती कटानीको उच्च जोखिमा पर्नेछन ।’ उक्त स्थानमा कटानी रोक्नका लागि पटक पटक स्थानीय, प्रदेश र संघीय सरकारलाई माग गर्दा समेत कुनै सुनुवाई नभएको उनको गुनासो छ ।
वादीबस्तीकी रमितादेवी वाढीले सरकारले नै बसालेको बस्तीमा आज विपद् आएर उठिबास हुने खतरा भएको दुखेसो पोखिन । सरकारले नै बसालेको बस्तीमा आज विपद् आएर उठिबास हुने खतरा भएको दुखेसो पोखिन । ‘चुनावका बेला नेताहरुले तटबन्ध निर्माण गरेर बस्ती जोगाउने आश्वासन दिएपनि अहिलेसम्म कुनैपनि तटबन्ध निर्माण नहुँदा नदीले कमलो माटो पाएर गाँउतिरै कटानी गरिरहेको छ, ‘उनले भने, ‘अहिले सडक सहित हाम्रा खेत कटानी गरिरहेको छ, केही दिनमै घरनजिकै नदीको कटानीले बगर बन्ने खतरा छ ।’ कृष्णपुर नगरपालिका २ का वडाध्यक्ष अर्जुन सिह साउदले बनहरा नदीको कटानी रोक्नका लागि वडासंग प्रर्याप्त बजेट नहुँदा नियन्त्रणमा समस्या भएको बताए । ‘हामीसंग यतिठुलो बजेट हुँदैन, हाम्रो बजेटले सानो परिमाणमा पनि तटबन्ध निर्माण हुँदैन, ‘उनले भने, ‘पालिका, प्रदेश र संघीय सरकारले यहाँ गुरु योजना बनाएर अघि बढ्नुपर्छ ।’ बनहरा नदीको ‘हेड टु टेल’को गुरु योजना बनाएर बस्ती जोगाउनुपर्ने वडाध्यक्ष साउदले बताए ।
वडाध्यक्ष साउदले वडाले अहिले अस्थायी रुपमा तटबन्ध निर्माण गरिरहेको बताउँदै, स्थायी रुपमा बनाउनुपर्ने बताए । यस पटक दुई दिन लगातार आएको बर्षातले कञ्चनपुरका साना तथा ठुला नदीनालाहरुमा आएको वाढीले कटानी, पटानी, डुवान गरिरहेको छ । समयमै बलियो तटबन्ध निर्माण नभए मानव बस्ती नै संकटमा पर्ने चिन्ता व्यक्त गरिएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी