सञ्चारमन्त्री गुरुङको आईजिपीको जिब्रो थुत्नु पर्छ भन्ने अस्वभाविक अभिव्यक्ति !

सञ्चारमन्त्री गुरुङको आईजिपीको जिब्रो थुत्नु पर्छ भन्ने अस्वभाविक अभिव्यक्ति !

  • आइतवार, भदौ १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.2K
    SHARES

पोखरा । नेपाल सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रहरी प्रमुखको जिब्रो थुत्नुपर्ने बताएका छन् । सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको अस्वभाविक सार्वजनिक टिप्पणी आएको छ ।

‘मैले मुख्यमन्त्री हुँदा आफ्नो प्रहरी र कर्मचारी प्रशासन नभएको सरकार सरकार नै हुँदो रहेनछ । यो व्यवहारले पुष्टि भैसकेको छ,’ उनले भने, ‘यो वर्ष सङ्घीय निजामती ऐन र सङ्घीय प्रहरी ऐन लन्च गर्ने तयारी छ । त्यसलाई अवरोध गर्ने त्यही सेक्टरको मान्छेबाट भइरहेको छ । अहिले प्रहरीको आइजीपीले यो कानुन मान्दिन भनिरहेका छन् । त्यस्तो बोल्न पाउने कि नपाउने रु उनको जिब्रो थुत्नुपर्थ्यो मैले भन्दाखेरि । उनले त्यसरी बोल्न पाउँदैनन् नि ।’

उनले निजामती ऐनमा समेत सबैभन्दा बढी कर्मचारीबाटै ‘डिवेट’ भइरहेको बताए । अर्को प्रसङ्गमा गुरुङले देशैभर नयाँ समीकरणको सरकार बनिसकेको अवस्थामा गण्डकीमा ‘हाडीगाउँको जात्रा’ भइरहेको टिप्पणी गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ