नाडामा मिस युनिभर्स नेपालको शीर्ष २२ प्रतियोगीहरुद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

नाडामा मिस युनिभर्स नेपालको शीर्ष २२ प्रतियोगीहरुद्वारा एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक

  • शुक्रबार, भदौ १४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

काठमाडौं, भाद्र १४ : टिभिएस मोटर कम्पनीको लागि नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले एनटर्क डिस्क बिएस सिक्स एफआई सार्वजनिक गरेको छ । नाडा अटो शोमा मिस युनिभर्सका शीर्ष २२ प्रतियोगीहरुद्वारा उक्त एनटर्कको नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको अत्याधुनिक प्रविधि र आरटिएफआइ बिएस सिक्स प्रणालीले उत्कृष्ट माइलेज प्रदान गर्दछ। यस भेरियन्टमा रहेको स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटुथ र एसएमएस अलर्टहरू पनि उपलब्ध छन् । साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि यस भेरियन्टमा उपलब्ध छ । एनटर्क डिस्क बिएस सिक्स एफआईको मूल्य मात्र रु. २,७९,९०० रहेको छ । अन्य ब्राण्डका ११० सिसिको मूल्य जति नै मूल्य रहेको एनटर्क १२५ सिसिको यो भरियन्ट यती धेरै फिचरहरुका साथ लन्च गर्न पाउनु ठूलो उपलब्धी भएको कम्पनीले जनाएको छ ।
टिभिएसको लाइफटाइम वारेन्टीको सुविधा, स्पेयर पार्टस् को १ घण्टा भित्र डेलिभरीको सुविधा र नेपालकै पहिलो स्पोर्टी स्मार्ट स्कुटर भएकाले यो ब्राण्डको बजारमा आफ्नो स्थान थप बलियो रहेको कम्पनीको दाबी छ । साथमा यसमा रहेको लोयल्टी एपले ग्राहकको अनुभवलाई झनै राम्रो बनाउने र एनटर्क डिस्क बिएस सिक्स एफआई राइडरहरूको लागि पहिलो चोइस हुने कम्पनीको विश्वास छ ।
एनटर्क डिस्क बिएस सिक्स एफआईमा रहेको फिचरहरुले राइडरहरुलाई विशेष अनुभव प्रदान गर्नेछ । नयाँ भेरियन्टमा उन्नत इन्जिनियरिङ, उत्कृष्ट पर्फर्मेन्स र स्टाइलिस डिजाइनले साहसी युवा राइडरहरूलाइ स्वभाविक रुपमा आकर्षित गर्नेछ ।
नेपालभरका सबै आधिकारिक टिभिएस डिलरहरूमा तथा नाडा अटो शोमा पनि एनटर्क डिस्क बिएस सिक्स एफआई उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी