नेपालमा दुघैटनामा मारिएका भारतीयको शब भारत तर्फै लगियो

नेपालमा दुघैटनामा मारिएका भारतीयको शब भारत तर्फै लगियो

  • शनिबार, भदौ ८, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.3K
    SHARES

चितवन — भारतको पश्चिम बंगाल पानागढबाट भरतपुर आएको भारतीय सेनाको विमान शनिबार २५ शव लिएर उडेको छ । शुक्रबार दुर्घटनामा ज्यान गुमाएका २७ मध्ये २५ जनाको शव उक्त विमानले लगेको हो । अन्य दुई जनाको शव भने सडकमार्गबाट गोरखपुर पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिए ।

उक्त विमान भरतपुरबाट शुक्रबार साँझ ५ बजेर ८ मिनेटमा भारत महाराष्ट्र राज्यको नासिकतर्फ उडेको छ ।

दुर्घटनामा मृत्यु हुनेमध्ये २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका हुन् । बाँकी दुई जना मृतक बसका चालक, सहचालक गोरखपुरका हुन् ।

भरतपुरमा भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे पनि आएका थिए । उनीहरू पनि सोही विमानमार्फत फर्केका छन् ।

मस्र्या¥दीमा र्दुर्घटनामा परेकाहरु र घाइतेहरुको अवस्था बुझ्न आज मात्रै भारतीय राज्य मन्त्री नेपाल आएकी थिइन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ