चौधर नदीले सार्की टोल संकटमा चुनावमा जनताका घर पुग्ने नेता जनप्रतिनिधी अहिले मलतब छैन !

चौधर नदीले सार्की टोल संकटमा चुनावमा जनताका घर पुग्ने नेता जनप्रतिनिधी अहिले मलतब छैन !

  • शुक्रबार, भदौ ७, २०८१
  • डम्मर दत्त भट्ट

  • 7.9K
    SHARES

कञ्चनपुर, ७ भदौँ । गएको असार तेस्रो सातादेखि यता अबिरल रुपमा परिरहेको बर्षाले जिल्लाभरी रहेका नदी,खोला, नालामा आएको वाढीले डुवान, कटानी र पटानी गरिरहेको छ ।
चुरे भएर बग्ने चौधर नदीले गत असार अन्तिम साता जिल्लाको दक्षिणी क्षेत्र बेलडाँडी गाँउपालिका ५ ईमलिया स्थित महाकाली सिँचाईको नहर फोडेर गणेश माध्यामिक विद्यालयमा पटानीदेखि दक्षिणका ईमलिया, खैरिघाट, सडकघाट, खल्ला सहितका गाँउबस्ती डुवानमा परेका थिए । अहिले जिल्लाको उत्तरी भेग बेदकोटमा चौधर नदीले ताण्डप मच्चाईरहेको छ ।
चौधर नदीले बेदकोट नगरपालिका ४ बैतडा सार्कीटोल स्थित चौधर नदीले कटानी गरिरहेको छ । बैतडा सार्कीटोलका स्थानीय एव बेदकोट नगरका अगुवा युवा राजुराम सार्की९भुल०ले चौधर नदीले ५ विगाह जमिन कटानी गरिसकेको बताए । ‘चौधर नदीले यसैबर्षपनि हामी स्थानीय एव सार्वजनिक जमिन गरेर झण्डै ५ विगाह हाराहारी कटानी गरिसक्यो, फेरी चौधर नदी बस्तीतिर आईरहेको छ, हामी विपद्को उच्च जोखिममा छौँ, तर पनि बस्ती जोगाउनका लागि कसैको ध्यान दिएको छैन ।’ उनका अनुसार गाँउमा रहेको ज्ञानज्योति बाल विकास केन्द्र, वेदकोट छाला प्रशोधन केन्द्र सहित स्थानीयहरु मदन भुल, रामु भुल, उत्तरे भुल, दिपक भुल, दानी भुल, ठेसे भुल, धर्मे भुल, डम्मर भुलको घर अति उच्च जोखिममा रहेको बताए । यस्तै पार्की टोलका धनगिरी ओड, धुव्र पार्की, दिलु ओड, गेडे पार्की, नरेश खडका लगायतका स्थानीयका घर जोखिममा रहेका छन ।
‘चौधर नदी बस्तीतिरै पुग्न अब सय मिटर पनि छैन, ‘बषौँदेखि कटानी गरिरहेको वाढीले हाम्रो बस्ती सर्दै सर्दै आएको छ, ‘उनले भने, ‘हामीसंग भएको जमिन पनि नदीले लगिसक्यो, अब भोकमरीको चिन्ता छ ।’ सार्की टोलका उत्तरे भुलले चौधर नदीका कारण सिंगो सार्कीटोल नै बिचल्लीमा परिरहेको बताए । ‘पञ्चायत कालदेखि नै ठगिदै आएको हाम्रो सार्की टोलले देशमा गणतन्त्र बहाल भएपछि समेत राज्यको मूलप्रवाहमा जोडिन सकेको छैन, ‘उनले भने, ‘नदी नियन्त्रणका लागि समेत पहल भएको छैन, वर्षभरिको लागि हामी किसानले रोपेको धानबाली लगायतको अन्नबाली नदि कटान, डुबान र पटानका कारण नोक्सानी भइरहेको छ ।’

चौधर नदी उत्तरतिर मोडिएपछि आफुहरुलाई स्कुल, अस्पताल, बजार, पालिका एव सदरमुकाम जान अत्यन्त कठिनाइ भइरहेको बताए । ‘हाम्रो निर्वाचन क्षेत्रबाट कयैन नेताहरु वडा, पालिका, प्रदेश र केन्द्रका जनप्रतिनिधी पनि भईसकेका छन, तर हाम्रा समस्या उस्तै छन, ‘अहिले पनि हाम्रंै निर्वाचन क्षेत्रबाट बहादुर सिह थापा सुप प्रदेश सरकारका आर्थिक मामिलामन्त्री भएका छन, उनले पनि चुनावका बेला तटबन्ध निर्वाचन गर्ने आविश्वन दिएका थिए, तर अहिले मन्त्री भएदेखि यता आएका छैनन ।’
चौधर नदीको उच्च जोखिममा रहेका धुव्र पार्कीले चुनावका बेला तत्तकालिन परराष्ट्रमन्त्री एनपी साउदले चुनाव जितेपछि तटबन्ध निर्माण गर्ने प्रतिबद्धता जाहेर गरेको बताउँदै चुनाव जितेरपनि मन्त्री भएपछि केही नगरेको गुनासो गरेका छन ।
स्थानीय मदन भुलले चुनावका बेला बेदकोट ४का वडाध्यक्ष नरेन्द्र बोहराले चुनाव जितेपछि उक्त टोलमा तटबन्ध निर्माण नगरे आफ्नो काँधमा धाँगो बाध्ने कसम खाएपछि चुनाव जितेको दुई बर्ष भन्दा बढि समय वितिसक्दा पनि केही पहल नगरेको बताए । पटक पटक स्थानीय, प्रदेश, केन्द्रका जनप्रतिनिधी, सरकारलाई ज्ञापन पत्र ध्यानाकर्षण पत्र बुझाउँदा समेत समस्या बारे उनीहरुले कुनै वास्ता नराखेको स्थानीयको गुनासो छ ।
सरकारी निकाय र स्थानीय जनप्रतिनिधिको उदासीनताका कारण सार्की टोलको भविष्य झन् भयावह बन्नुका साथै जमिन भएपनि सुकुमबासी हुनुपर्ने अवस्था रहेको दुखेसो पोखेका छन ।
‘चुनावताका राजनीतिक दलले चुनावी घोषणापत्रमा बाढी प्रभावित क्षेत्रमा तटबन्ध निर्माण कार्य गर्नेछौं, भनेर जनताबाट भोट माग्ने तर निर्वाचित भएपछि वास्तै नगर्ने परम्परागत रोग जस्ताको त्यस्तै छ, ‘उनले भने, ‘वेदकोट नगरपालिका स्थानीय सरकार, महाकाली सिँचाई तेस्रो चरण कार्यालय सहितका प्रदेश र संघीय सरकारसंग समयमै तटबन्ध निर्माण गरिदिन अनुरोध गर्दा पनि कुनै सुनुवाइ भएन भएन ।’ उनका अनुसार महाकाली सिचाइ तेस्रो चरणको नहर निर्माणका कारण जंगल क्षेत्रबाट फैलिएर बग्ने वर्षाको पानी केन्द्रीकृत भएर चौधर नदिमा बग्दा बाढीले तिब्र गतिमा भूक्षय र नदि कटान गर्दै आइरहेको छ ।

विगत झन्डै २ बर्षअघि महाकाली सिचाइ आयोजना तेस्रो चरण कार्यालयबाट तटबन्धको सुरुवात भएपनि ठेकेदारले हालसम्म तटबन्ध कार्य सम्पन्न गरेको छैन । अधुरो रहेको तटबन्ध बाढीले झन् भत्काएको छ । उनले समयमै सम्बन्धित निकायले बलियो तटबन्ध निर्माण गरिदिएन भने एक सय भन्दा बढी स्थानीय घरपरिवार, ५०औं बिगाहा जमिन र सिंगो सार्की टोल नै बगरमा परिणत हुने निश्चित चिन्ता व्यक्त गरेका छन ।

चौधर नदीले जिल्लाको बेदकोट र बेलडाँडीमा कटानी, पटानी एव डुवान गरिरहेको छ । बेदकोट नगरका मेयर भोजराज बोहराले पालिकाको बजेटले उक्त स्थानमा तटबन्ध सम्भव नहुने बताए । ‘त्यहाँ महाकाली तेस्रो चरणले पनि उत्तर क्षेत्रमा गरिरहेको थियो, ‘मेयर बोहराले भने, ‘तल्लो तटिय क्षेत्रमा पनि हेर्नुपर्ने हो, तर हेरिदिएको छैन, गत असारमा परेकोे अबिरल बर्षाले जिल्लामा ठुलो क्षति हुँदा पनि विपद्मा राखिदिएन ।’ उक्त सार्कीपार्की टोलमा खोलामा ग्राभिल भरिभराउले पनि तटबन्ध निर्माणमा कटिनाईरहेको बताउँदै मेयर बोहराले नदी नियन्त्रण गरेर बस्ती जोगाउनका लागि प्रदेश र संघीय सरकारसंग योजनाको माग गरिरहेको बताए ।
Dambar

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी