सहकारी ठगी सम्बन्धि उजुरीमा आज संसदीय समितिले रवि लामिछानेसँग बयान लिने

सहकारी ठगी सम्बन्धि उजुरीमा आज संसदीय समितिले रवि लामिछानेसँग बयान लिने

  • शुक्रबार, भदौ ७, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.1K
    SHARES

भदौ ७ काठमाण्डौँ । सहकारी संस्थाको रकम दुरुपयोग सम्बन्धी संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग बयान लिँदैछ।

पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सोधपुछका लागि समितिले शुक्रबार दिउँसो २ बजे बोलाएको छ। लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिको तत्कालिन प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका छन्।।

लामिछानेसँगै समितिले गोरखा नेटवर्कका सञ्चालक छविलाल बन्जाडे जोशीसँग पनि आजै बयान लिने तयारी गरेको छ। बयानका लागि उनलाई बिहान ११ बजे बोलाइएको समितिले जनाएको छ।

काठमाडौंको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम र चितवनको सहारा सहकारीबाट गोर्खा मिडियामार्फत रकम अपचलन गरेको आरोप लामिछानेमाथि छ।

यी लगायत देशभरका समस्याग्रस्त झण्डै १ सय सहकारीका सञ्चालक र सेयर सदस्यहरूसँग समितिले बयान लिइसकेको छ।

करिब ५० हजार सर्वसाधारणले चार सहकारीमा जम्मा गरेको झण्डै ९६ करोड रुपैयाँ गैरकानुनी रूपमा गोर्खा मिडिया नेटवर्क प्रालिमा सारिएको आरोप लामिछानेमाथि छ।

लामिछाने प्रबन्ध निर्देशक र जीबी राई अध्यक्ष भएका बेला गोर्खा मिडिया नेटवर्कमा काठमाडौँको स्वर्णलक्ष्मी, पोखराको सूर्यदर्शन, चितवनको साहारा र बुटवलको सुप्रिमसहितका सहकारीबाट कम्तीमा पनि ९५ करोड ८१ लाख रुपैयाँ ल्याई अपचलन गरेको आरोप छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ