सरकारबाट बाहिरिएपछि पार्टी सुदृढ गर्न माओवादी सक्रिय : सातै प्रदेशमा भेला आयोजना गर्ने

सरकारबाट बाहिरिएपछि पार्टी सुदृढ गर्न माओवादी सक्रिय : सातै प्रदेशमा भेला आयोजना गर्ने

  • बिहिबार, साउन ३१, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.2K
    SHARES

साउन ३१ काठमाण्डौँ । नेकपा माओवादी केन्द्रले देशव्यापी पार्टी संगठन विस्तारका लागि प्रदेश भेला राख्ने भएको छ। सो भेलामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आँफै उपस्थित हुनेछन्।

बिहीबार सकिएको स्थायी समिति बैठकले सबै प्रदेशमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी, जनवर्गीय मोर्चाको संयुक्त बैठक बोलाउने निर्णय गरेको प्रवक्ता समेत रहेका उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

उनका अनुसार बागमती प्रदेशमा भदौ ५ र ६ गते, विशेष र सम्पर्क समन्वय प्रदेशमा भदौ ७ र ८ गते बैठक बस्नेछ।

यस्तै गण्डकी प्रदेशमा ९ र १० गते, सुदूरपश्चिम प्रदेशमा १२ र १३ गते, कर्णाली प्रदेशमा १४ र १५ गते, लुम्बिनी प्रदेशमा १६ र १७ गते बैठक बस्नेछ । यसैगरी केन्द्रीय आयोगमा १८ गते, मधेस प्रदेशमा २२ र २३ गते, कोशी प्रदेशमा २४ र २५ गते, सल्लाहकार कम्युनिस्ट मञ्चमा २९ र ३० गते, जवसरमोर्चाको २७ र २८ गते बैठक बस्नेछ।

असार २८ मा सरकारबाट बाहिर पुगेपछि माओवादी पार्टी सुदृढीकरणमा लागि परेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: SobizTrend Technology
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, व्यवस्थापक: सन्तोष सेन्चुरी