सुदुर पश्चिमका मुख्यमन्त्रीले पाए विस्वासको मत

सुदुर पश्चिमका मुख्यमन्त्रीले पाए विस्वासको मत

  • बुधबार, साउन ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 2.6K
    SHARES

धनगढी । सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाहले दुई तिहाई विश्वासको मत पाएका छन्। नेपाली कांग्रेसका १८, नेकपा एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ गरी मुख्यमन्त्री शाहले ३६ मत पाएका हुन्।

केन्द्रमा सत्ता समीकरण फेरिएसँगै सुदूरपश्चिममा शाह साउनको २० गते मुख्यमन्त्री बनेका थिए। बुधबार विश्वासको मतको पक्षमा ३६ र विपक्षमा ८ मत खसेका छन् भने एकजना तटस्थ बसेका छन्।

५३ सदस्यीय प्रदेश सभामा कांग्रेसका १८, नेकपा एमालेका उपसभामुखसहित ११, नेकपा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एकीकृत समाजवादीका ४, राप्रपा १ र स्वतन्त्र १ जना प्रदेश सभा सदस्य छन्। मुख्यमन्त्री शाहलाई कांग्रेस, एमाले र नाउपाले विश्वासको मत दिएका हुन्।

नेपाली कांग्रेस, नेकपा एमाले र नाउपाले आफ्ना सांसदहरूलाई प्रस्तावको पक्षमा मतदान गर्न ह्विप जारी गरेका थिए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ