हतियार व्यवस्थापन र शान्ति सम्झौता अघि बढाउदा मेरो पार्टीलाई क्षति भए पनि देश जोगियो : प्रचण्ड

हतियार व्यवस्थापन र शान्ति सम्झौता अघि बढाउदा मेरो पार्टीलाई क्षति भए पनि देश जोगियो : प्रचण्ड

  • बुधबार, साउन ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 3K
    SHARES

साउन ३० काठमाण्डौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियालाई टुंग्याउने क्रममा सेना समायोजन र हतियार व्यवस्थापन निकै जटिल रहेको र त्यो जोखिम आफूले उठाउदा पार्टी विभाजन भएर ठूलो क्षति ब्यहोर्नु परेको स्मरण गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सेना समायोजन र हतियार व्यवस्थापनका लागि आफूले जोखिम उठाएको समेत जिकिर गरे। ‘सेना समायोजन, हतियार व्यवस्थापन निकै जटिल थियो,’ उनको भनाइ थियो, ‘यदि नेतृत्वले जोखिम नउठाएको भए, यदि नेतृत्व नेपाली जनताको नजरमा विश्वसनीय नभएको भए, हतियार व्यवस्थापन सम्भव हुने थिएन।’

‘बिनाकुनै खुन खराब त्यो सफल गरियो,’ उनले भने, ‘एउटै मात्रै क्षति मेरो पार्टीले व्यहोर्नुपर्‍यो। मैले हतियार व्यवस्थापन गरेका कारण मेरो पार्टी विभाजन भयो। देश बँच्यो। शान्ति स्थापित भयो। त्यस कुरामा मलाई गर्व छ।’

उनले शान्ति संझौता पछि बनेको नयाँ संविधान जनयुद्ध र विभिन्न आन्दोलनको जगमा आएको भन्दै त्यसले ल्याएका तल्लो बर्गको हक अधिकार खुम्चिने गरी सविधान संशोधन गर्न नहुने स्पष्ट पारे ।

उनले ओलीले जे बोल्छन्, त्यसको उल्टो बुझु्नु पर्ने अवस्था रहेको भन्दै सचेत रहन अपील गरे ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ