सभामुख घिमिरेको शैलीमाथि सार्वभौम संसदमा उठयो प्रश्न

सभामुख घिमिरेको शैलीमाथि सार्वभौम संसदमा उठयो प्रश्न

  • बुधबार, साउन ३०, २०८१
  • मिर्मिरे अनलाइन

  • 9.1K
    SHARES

साउन ३० काठमाण्डौँ । नेकपा एमाले झापाबाट निर्वाचित भएर माओवादीको समर्थनमा सभामुख बनेका देवराज घिमिरे पटक पटक विवादमा तानिन थालेका छन् ।

उनले संसदमा प्रतिपक्षी र अन्य दलका सांसद बोल्दा माईक काटेको, आफू निकट पार्टीका सांसदले बिषयान्तर गर्दा पनि नकाटेको भन्दै संसदमा प्रतिपक्षी दलका सांसदहरुले उठेर बिरोध जनाए ।

संयोग पनि कस्तो भने एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भए लगत्तै बक्यौता नतिरेर काटिएका उद्योगको लाईन तत्काल जोड्न बिद्युत प्राधिकरणलाई निर्देशन दिएका थिए ।

त्यसपछि एमालेकै मोरङका सांसद रिषिकेश पोखरेल सभापति रहेको सार्वजनिक लेखा समितिले बिद्युत बक्यौता सम्बन्धि पहिल्यै समितिबाट, उपसमितिबाट र अदालतबाट पनि उठाउनु पर्ने निर्देशन, फैसला र रायका बाबजुद पुनः ब्यापारीसँग गोप्य भेटवार्ता गरी यो बिषयलाई लम्ब्याउन खोजेको , कुलमान घिसिङलाई नै कार्बाही गर्ने गरी अख्तियारलाई पत्र लेख्ने प्रयास गरेको आरोप लागेको पृष्टभूमिमा एमालेबाटै निर्वाचित सभामुखले रास्वपा सांसदले डेडिकेटेड र ट्रंक लाईनको बक्यौताको कुरा उठाउनासाथ माईक काटिदिएपछि सभामुखमाथि प्रश्न उठेको हो ।

सभामुख देवराज घिमिरे प्रतिपक्षी दलका सांसदलाई बोल्न अंकुश लगाउन खोज्दा विवादमा परेका छन् । प्रतिनिधिसभा बैठकमा मंगलबार रास्वपाका सांसद हरि ढकाल डेडिकेटेड तथा ट्रंकलाइनको महसुल बक्यौताको विषय उठाउन खोज्दा सभामुख घिमिरेले माइक काटिदिएका थिए । सत्तारूढ एमालेका सांसद दामोदर पौडेल वैरागी विषयान्तर हुँदा भने उनले रोकेनन् । रास्वपाले सभामुखलाई पक्षधरता नदेखाईकन प्रतिपक्षको आवाज सुन्ने वातावरण बनाउन आग्रह गरेको छ ।

प्रतिनिधिसभा बैठकमा सांसद ढकालले सडक यातायातका विषयमा धारणा राख्न सुरु गरेका थिए । उनले प्राकृतिक प्रकोपका कारण मात्रै नभई निर्माणका क्रममा हुने भ्रष्टाचारको प्रकोपले पनि पुल र सडक भत्किएको उल्लेख गरे । त्यसपछि उनले ‘विद्युत् प्राधिकरणमा म जान चाहें, मिटर जडान गरेर महसुल असुल गर्ने ठाउँमा…..’ भनी डेडिकेटेड र ट्रंकलाइनको प्रसंगमा प्रवेश गर्दै थिए, सभामुख घिमिरेले लाइन काटिदिए । घिमिरेले ‘माननीय सदस्य तपाईंको विषय सकियो बस्नुस्’ भनेर आदेश दिए । जब कि ३ मिनेट समय पाएका ढकालले साढे १ मिनेट मात्रै बोलेका थिए ।

सभामुखले माइकमा लाइन अझै नदिएपछि रास्वपा र राप्रपाका सांसदले सिटबाट उठेर विरोध गरे । सभामुख घिमिरेले भने आफूलाई जानकारी गराएको विषयभन्दा फरक बोल्न नपाउने अडान सुनाए । रास्वपा र राप्रपाका सांसद नबसेपछि उनले रास्वपा सभापति रवि लामिछानेलाई २ मिनेट समय दिए तर लामिछानेले ढकाललाई नै बोल्न दिन आग्रह गरे ।

लिङ्देनलाई समय दिए । लिङदृेनले पनि सभामुखको शैली बदलेको भन्दै बिरोध जनाए ।

त्यही बीचमा सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली वाचन गरेर सुनाए, जसमा आकस्मिक समयमा के गर्न पाइने र के नपाइने भन्ने व्यवस्था थियो । त्यति बेला एमालेका रघुजी पन्तले सिटबाट उठेर प्रतिवाद गरे, एमालेकै ठाकुर गैरेले पनि समय मागे । तर सभामुखको ध्यान गएन ।

सभामुखले समय नदिएपछि प्रमुख प्रतिपक्ष माओवादीका सांसदहरूले सिटबाट उभिएर विरोध जनाए । रास्वपा सभापति लामिछानेले ‘डेडिकेटेड र ट्रंकलाइनको नाम लिनै लाग्दा माइकको लाइन काट्नुको अन्तर्य के हो  ?’ भनेर प्रश्न गरिरहे थिए । २० मिनेटको वादविवादपछि सभामुख घिमिरेले सांसद ढकाललाई बाँकी रहेको समयभित्र बोल्न माइकको लाइन जोडिदिए । सांसद ढकालले आक्रोशित हुँदै आगामी दिनमा यस्ता गतिविधि नगर्न सभामुख घिमिरेलाई चेतावनी दिए । ‘प्रतिपक्षले उठाउन लागेको सुशासनका मुद्दा र भ्रष्टाचारका विषयमा यो खालको रवैया कृपया नदेखाइयोस्,’ उनले भने ।

प्रतिनिधिसभाको मंगलबारकै बैठकमा रास्वपा सभापति लामिछानेले सहकारी ठगी गरेको रकम फिर्ता गर्नुपर्ने माग एमालेका सांसद दामोदर पौडेल वैरागीले राखेका थिए । त्यसमा नियमापत्ति जनाउन रास्वपाका मनीष झा सिटबाट उठे । सभामुखले झोक्किँदै ‘के नियमापत्ति हो ?’ भन्दै प्रश्न गरे ।

नियमापत्तिपछि पनि सांसद पौडेलले विषयान्तर भई प्रतिपक्षी सांसदको आलोचना गर्दा सभामुखले रोकेनन् । त्यसपछि रास्वपाका सांसदहरू सिटबाट उठे र अशोक चौधरीले नियमापत्तिमा बोल्न समय मागे । सभामुखले भने, ‘तपाईंको आपत्ति के विषयमा हो, पहिला भन्नुस् अनि मात्रै माइक दिन्छु ।’ रास्वपाका सांसद चौधरीले माइक नपाए पनि केही बोले तर सभामुखले झोक्किए, ‘माननीय सदस्य तपाई बस्नुस्, मैले तपाईंलाई आदेश जारी गर्छु, बस्नुस् ।’ सांसदले सिटबाट उभिएर नियमापत्ति गरे बोलिरहेको सांसदलाई रोक्ने र नियमापत्ति गर्नेलाई माइकको लाइन दिएर बोल्न दिने संसदीय अभ्यासको सभामुखले पालना नगरेको आरोप छ ।

माओवादीका सांसद माधव सापकोटाले सभामुख घिमिरे चासो राख्नु नपर्ने विषयमा चासो राख्दा विवादमा परेको बताए । ‘सभामुखले समय दिएपछि सांसदलाई यो बोल र त्यो नबोल भन्ने होइन,’ उनले भने, ‘नियमावली र संविधानविपरीत बोले मात्र सभामुखले रोक्ने हो ।’ रास्वपाका प्रमुख सचेतक परियारले सभामुखले पक्षधरता देखाउन नहुने बताए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी