गोमालाभलाई सांसदबाट हटाउने सिके राउतको दोस्रो प्रयास पनि असफल

गोमालाभलाई सांसदबाट हटाउने सिके राउतको दोस्रो प्रयास पनि असफल

  • मङ्लबार, साउन २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 2K
    SHARES

२९ साउन, काठमाडौं । प्रतिनिधि सभा सदस्य गोमालाभ सापकोटालाई हटाउने जनमत पार्टीको पत्र संघीय संसद सचिवालयबाट दोस्रो पटक पनि अस्वीकृत भएको छ ।

संसद सचिवालयका अनुसार एक साता अगाडि जनमत पार्टीले सापकोटालाई कारबाही गरेको पत्र दर्ता गरेको थियो ।

उक्त पत्रमा यसअघि नै कारबाही हुन सक्ने आधार नदेखिएको भनेर सभामुख देवराज घिमिरेबाट अस्वीकृत भएको भन्दै नयाँ निर्णय लिन नपर्ने जवाफ संसदका महासचिव पद्मप्रसाद पाण्डेयले पठाएका छन् ।

यसअघि फागुन २०८० मा जनमत पार्टीले समानुपातिक सांसद सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको थियो । उक्त पत्र पार्टीको लेटरहेडमा रहेको भनेर अस्वीकृत भएको थियो ।

त्यसपछि २०८० साल फागुन २७ गते जनमत पार्टीको संसदीय दलले सापकोटालाई पार्टीले निष्कासन गरेको पत्र संसद सचिवालयमा पठाएको थियो । उक्त पत्रमा सापकोटाले पार्टीको निर्देशन नमानेको र स्पष्टीकरण सोध्ने, सफाइ पेश गर्ने लगायतका प्रक्रिया पूरा गरेर कारबाही गरेको दाबी गरिएको थियो ।

तर सभामुख घिमिरेले राजनीतिक दल सम्बन्धी ऐन अनुसार सापकोटालाई जनमत पार्टीले गरेको कारबाही नमिलेको भनेर सदर गरेनन् ।

यही साउन दोस्रो साता जनमत पार्टीले फेरि सापकोटालाई पार्टीबाट निष्काशन गरिएको भन्दै कारबाही सदरका लागि संसद सचिवालयमा पत्र पठाएको थियो ।

यसपटक सुभामुख घिमिरेकहाँ नपुग्दै सांसद सापकोटालाई सांसदबाट हटाउने जनमतको पत्र अस्वीकृत भएको छ ।

अध्यक्ष सिके राउतले सापकोटालाई पटक पटक कार्बाही गर्दै हटाउन खोजे पनि उनको उनको पद सुरक्षित रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ