जम्बो मन्त्री मण्डल बनाएको भन्दै बिरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्रीलाई हटाईदै

जम्बो मन्त्री मण्डल बनाएको भन्दै बिरोध भएपछि मधेश प्रदेशका ८ राज्यमन्त्रीलाई हटाईदै

  • मङ्लबार, साउन २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

जनकपुरधाम साउन २९ । मधेश प्रदेशमा १२ वटा मन्त्रालयमा २० मन्त्रीलाई नियुक्त गरिएपछि चौतर्फी आलोचना झेलिरहेको मधेश प्रदेश सरकारले राजमन्त्रीहरूलाई पदमुक्त गर्ने भएको छ । मन्त्रिमण्डल विस्तार भएको एक साता नबित्दै राज्यमन्त्रीहरूलाई फिर्ता बोलाउन लागिएको हो ।

साउन २२ गते मधेश प्रदेश सरकारले २० सदस्यीय मन्त्रिमण्डल गठन गरेको थियो । जनता समाजवादी पार्टीको व्यापक विरोध,जनमत पार्टीले मधेश प्रदेशका मुख्यमन्त्री पदमा बसेका सतिशकुमार सिंहलाई सोधेको स्पष्टीकरण र सर्वसाधारणबाट बढ्दै गएको आलोचना र विरोधलाई थेग्न नसकेपछि मधेश प्रदेश सरकारले मन्त्रिमण्डलबाट राज्यमन्त्रीलाई फिर्ता बोलाउन लागिएको हो।

मधेश प्रदेश सरकारका एक मन्त्रीले अन्नपूर्णकर्मीलाई दिएको जानकारी अनुसार राज्यमन्त्रीहरूलाई पदमुक्त गरेर मन्त्रिमण्डलको संख्यालाई सानो पार्ने सबै तयारी भइसकेको र आजै दिउँसो मुख्यमन्त्रीले राज्यमन्त्रीलाई फिर्ता बोलाउने सम्भावना रहेको बताएका छन् ।

मुख्यमन्त्री सिंहले सत्तारुढ गठबन्धनसँग मिलेर २० सदस्यीय जम्बो मन्त्रिमण्डल बनाएपछि त्यसको आलोचना भईरहेको छ ।

मधेश प्रदेश सरकारमा जनमत पार्टीबाट मुख्यमन्त्रीसहित २ जना मन्त्री र २ राज्यमन्त्री छन् । जनमतको प्रदेशसभामा १३ सांसद छन् । त्यसैगरी एमालेका २४ जना सांसदमा रहेकोमा ४ मन्त्री र ३ राज्यमन्त्री छन् । कांग्रेसको २२ जना सांसदमा ४ मन्त्री र २ राज्यमन्त्री छन् ।

८ सांसद भएको लोसपालाई १ मन्त्री र १ राज्यमन्त्री दिइएको छ । संवैधानिक प्रावधानअनुसार मधेश प्रदेशमा कुल सभासदको २० प्रतिशत मन्त्री बनाउन सकिने व्यवस्था छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ