प्रधानमन्त्री ओलीलाई भारतले दिएन भ्रमणको औपचारीक निम्तो

प्रधानमन्त्री ओलीलाई भारतले दिएन भ्रमणको औपचारीक निम्तो

  • मङ्लबार, साउन २९, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

साउन २९ काठमाण्डौँ । नेपालमा कुनै पनि व्यक्ति प्रधानमन्त्री भए लगत्तै बधाई दिने र भारत भ्रमणको निम्तो दिई हाल्ने भारतीय परम्परा रहे पनि यस पटक प्रधानमन्त्रीमा नियुक्त भएका केपी ओली प्रधानमन्त्री भएको एक महिना भित्रै नेपाल भ्रमणमा आएका विदेश सचिव विक्रम मिश्रीले प्रधानमन्त्रीसँग भेट गरे पनि औपचारीक रुपमा ओलीलाई भ्रमणको निम्तो दिएनन् ।

यसले ओली चीन परस्त भन्ने भारतीय पक्षको बुझाई हो वा चाहे अनुसार गठबन्धन नबनेर हो ओली सरकारलाई भारतले प्राथमिकता नदिएको स्पष्ट संकेत यो भ्रमणबाट देखिन्छ ।

ििछमेक पहिलो नीति भन्ने मोदीले लिएको नीति अनुसार अहिले दक्षिण एशियाका छिमेकी देशहरुमा भारतीय अधिकारीहरुको भ्रमण जारी छ । विदेश मन्त्री एस जय शंकरले श्रीलंका र माल्दिभ्सको भ्रमण गरेका छन् ।

यही बेला भारतीय विदेश सचिव मिश्री नेपाल आए उनले व्यापक भेटवार्ता गरे । तर द्धिपक्षीय ठोस एजेण्डामा खास सहमति भएको देखिएन ।

कुटनीतिक जानकारहरुले यो पछिल्लो परिघटनाले भारतले वर्तमान सरकारलाई उच्च महत्व नदिएको अथ्र्याएका छन् ।

त्यसै पनि भारतको औपचारीक निम्तो नआएकाले प्रधानमन्त्री ओली बिमस्टेक राष्ट्रहरुको बैठकमा भाग लिन थाईल्याण्ड जाँदैछन् । यस अघि पहिलो पटक प्रधानमन्त्री भएका बेला प्रधानमन्त्री प्रचण्ड पनि भारत नगई शुरुमा चीन गएका थिए । त्यसपछि मात्रै भारत भ्रमणमा गएका थिए ।

त्यसपछि यो पटक ओलीले प्रधानमन्त्री भएपछि भारत भ्रमण नगरी अन्य देशको भ्रमणमा जानु पर्ने भएको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ