माओवादी भित्र अध्यक्ष प्रचण्डमाथि पद छाड्न स्थायी समितिमा दबाब

माओवादी भित्र अध्यक्ष प्रचण्डमाथि पद छाड्न स्थायी समितिमा दबाब

  • सोमवार, साउन २८, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.4K
    SHARES

साउन २८ काठमाण्डौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठक सोमबार पनि बस्दैछ।

स्थायी समिति बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बिहान ११ बजेदेखि सुरू हुने उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए।

उनका अनुसार बैठकमा स्थायी समिति सदस्यहरूले धारणा राख्नेक्रम जारी छ। आइतबार १४ जना स्थायी समिति सदस्यले धारणा राखिसकेका छन्।

शनिबारदेखि सुरू भएको स्थायी समिति बेठकमा आधाभन्दा बढीले धारणा राखिसकेको उनले बताए। माओवादीको स्थायी समिति ४४ सदस्यीय छ।

आइतबार पार्टी उपमहासचिव जनार्दन शर्माले स्थायी समितिमा लिखित धारणा राख्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई नेतृत्व हस्तान्तरण गरेर सम्मानजनक बहिर्गमनको बाटो रोज्न सुझाएका थिए।

माओवादी भित्र पहिलो पटक नेतृत्व परिवर्तनको आवाज उठेको छ । साढे ३ दशकदेखि अविछिन्न पार्टी र आन्दोलनको नेतृत्व गर्दै आएका अध्यक्ष प्रचण्डमाथि यस पटक बर्षमान पुन, जनार्दन शर्मा लगायतकाले पद छाडेर नेतृत्व हस्तान्तरण गर्नु पर्ने प्रस्ताव गरेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी