साउन २७ काठमाण्डौँ । पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटमा भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपालबाट १० हजार मेगावट बिजुली खरिद गर्नेगरी भएको सम्झौता ऐतिहासिक भएको बताएका छन् ।
नेपालको दुई दिने भ्रमणमा आएका भारतीय विदेश सचिव मिस्री प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। उक्त भेटमा प्रचण्ड प्रधानमन्त्री हुँदा भएको विद्युत खरिद बिक्री गर्ने सम्झौता ऐतिहासिक भएको भारतीय विदेश सचिवले बताएका थिए।
‘प्रचण्डका स्वकीय सचिव रमेश मल्ले भने, ‘१० हजार मेगावट विद्युत खरिद–विक्रीको सम्झौता भयो, त्यो ऐतिहासिक छ।’ विदेश सचिवले भनेका थिए ।
२०८० जेठ १७ प्रचण्डको भारत भ्रमणका क्रममा नेपालले आगामी १० बर्षमा १० हजार मेगावट बिजुली बेच्ने सम्झौता भएको थियो। भारतीय विदेश सचिवले नेपालबाट भारत जाने विद्युत चाँडै १ हजार मेगावट पुग्ने समेत जानकारी दिएका थिए । ‘भारत जाने विजुली अब छिटै १ हजार मेगावट पुग्छ, यो खबर सुनाउन पाउँदा हामी खुसी छौं,’ भारतीय विदेश सचिवले प्रचण्डसँग भनेका थिए।
प्रचण्ड प्रधानमन्त्री हुँदा नेपाल–भारत सम्बन्धमा धेरै महत्वपूर्ण कामहरु भएको उल्लेख गर्दै उनी जुनसुकै भूमिकामा भए पनि नेपालभित्र र छिमेक सम्बन्धमा ठूला योगदान रहने भारतीय विदेश सचिवले बताएका थिए ।
‘