न्याय समितिबाट संक्रमणकालीन न्याय सम्बन्धि बिधेयक सर्वसम्मतले पारित, अब संसदमा पेश गरिने

न्याय समितिबाट संक्रमणकालीन न्याय सम्बन्धि बिधेयक सर्वसम्मतले पारित, अब संसदमा पेश गरिने

  • बिहिबार, साउन २४, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.9K
    SHARES

साउन २४ काठमाण्डौँ । संक्रमणकालीन न्यायसम्बन्धी संशोधन विधेयकको प्रतिवेदन प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समितिले सर्वसम्मतिले पारित गरेको छ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकमा उक्त प्रतिवेदनबारे छलफल भएको थियो। प्रतिनिधि सभाको आगामी बैठकमा उक्त प्रतिवेदन पेस गरिनेछ।

सरकारले २०७९ फागुन २५ गते संसद सचिवालयमा दर्ता गराएको विधेयक त्यही वर्षको चैत ५ गते प्रतिनिधि सभामा प्रस्तुत भएको थियो।

प्रतिनिधि सभाले २०८० वैशाख १५ गते दफावार छलफलका लागि समितिमा पठाएको थियो । हिजो मात्रै यो सहमतिको बिधेयक कार्यदलले शीर्ष नेताहरुलाई हस्तान्तरण गरेको थियो ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ