नुवाकोटको सूर्य चौरमा भएको हेलिकप्टर दुर्घटना क्याप्टेन मल्ल र चार चीनीया नागरिकको मृत्यु

नुवाकोटको सूर्य चौरमा भएको हेलिकप्टर दुर्घटना क्याप्टेन मल्ल र चार चीनीया नागरिकको मृत्यु

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.2K
    SHARES

साउन २३ काठमाण्डौँ । आज दिउँसो दुर्घटना भएको एयर डाइनेस्टीको हेलिकप्टरमा सवार पाँचै जनाको मृत्यु भएको छ । बुधबार १ बजेर १४ मिनेटमा त्रिभुवन विमानस्थलबाट ४ चिनियाँ यात्रु लिएर उडेको उक्त हेलिकप्टर नुवाकोट शिवपुरी गाउँपालिका–७ सूर्यचौर डाँडा र गुर्जेभन्ज्याङको बीचमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको थियो ।

प्रहरीका अनुसार घटनास्थलबाट चार पुरुष र एक महिलाको शब फेला परेको छ ।

उक्त हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएका थिए भने ४ चिनियाँ पर्यटक स्याफ्रुबेंसी जाँदै थिए । एयर डाइनेस्टीको ४ चिनियाँ पर्यटक छाडेर फेरि विदेशी नागरिक ल्याउने तालिका बनाएको थियो ।

मृत्यु हुनेमा क्याप्टेन अरुण मल्ल र चिनियाँ नागरिकहरू जुताड ताङ, ताइ ली, जेमिङ जी र यीयाड वु रहेका छन् । मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । प्रत्यक्षदर्शीका अनुसार हेलिकप्टर रुखमा ठोक्किएर आगो लाग्दै झरेको थियो ।

दुर्घटनाको कारणबारे पत्ता लागेको छैन । उक्त उडान हुँदा भिजिविलिटी ५ किलोमिटर तथा सामान्य रहेको थियो ।

घटनाको खबर आउनेवित्तिसकै खोजीमा अर्को हेलिकोप्टर पठाइएको थियो । अहिले शसस्त्र सुरक्षा बल र स्थानीयले घटनास्थलमा उद्धार र खोजी कार्य जारी राखेका छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी