नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको एयर डाइनेस्टीको हेलिकप्टरमा ४ जना चिनियाँ यात्रु रहेको खुलेको छ।
प्राधिकरणका उपमहानिर्देशक हंसराज पाण्डेले एयर डाइनेस्टीको ९एन एजेडी कलसाइनको हेलिकप्टमा चार जना चिनियाँ यात्रु रहेको जानकारी दिए। मृत्यु हुने चीनीया नागरिकहरुमा जुदाड टाङ (पुरुष), जी लि (पुरुष), यियाद वु –महिला) र जेमिङ सी (पुरुष) रहेका छन् ।
उक्त हेलिकप्टर दिउँसो २ बजेदेखि त्रिभुवन विमानस्थलको टावरसँग सम्पर्क टुटेकोमा नुवाकोटको सूर्यचौरमा दुर्घटनामा परेको हो।
हेलिकप्टरमा रहेका ५ जनाको मृत्यु भइसकेको छ। मृतकमध्ये एक जना पाइलट अरुण मल्ल छन्।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline