नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस एमालेका नेता सहित भिआईपीलाई पक्राउ गर्ने सिआईबी प्रमुख श्याम ज्ञवालीको सरुवा

नक्कली भुटानी शरणार्थी प्रकरणमा काँग्रेस एमालेका नेता सहित भिआईपीलाई पक्राउ गर्ने सिआईबी प्रमुख श्याम ज्ञवालीको सरुवा

कामविहीन प्रदेश समन्वय विभागमा सरुवा

  • बुधबार, साउन २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.7K
    SHARES

साउन २३ काठमाण्डौँ । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीलाई सरकारले केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) बाट सरुवा गरेको छ।

गत चैतमा एआईजी किरण बज्राचार्यलाई हटाउँदै तत्कालीन गृहमन्त्री रवि लामिछानेले ज्ञवालीलाई सीआईबी प्रमुखको जिम्मा दिएका थिए।

तर सत्ता परिवर्तनसँगै रविले हटाएकी किरण पुनः उपत्यका प्रहरी कार्यालय प्रमुख बन्दा ज्ञवाली भने कामविहीन मानिने प्रदेश समन्वय विभागमा सरुवा भएका छन्।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एआईजी दीपक थापालाई सीआईबी प्रमुखको जिम्मा दिइएको छ।

सरकार परिवर्तन लगतै ज्ञवालीमाथि छानबिन समेत सुरु भएको थियो। एआईजी टेकप्रसाद राईको नेतृत्वमा समिति बनाएर छानबिन गरिरहेको सरकारले ५ महिना नपुग्दै सीआईबीबाट पनि हटाएको हो।

ज्ञवाली अवकासको नजिक पनि छन्। एआईजीको उमेर हदका कारण उनी आगामी भदौ २६ गते अनिवार्य अवकासमा जानेछन्। अनिवार्य अवकास हुनु एक महिना अघि मात्रै उनलाई सीआईबीबाट हटाएको हो।

यो सरकार बनेदेखि नै ज्ञवाली निशानामा परेका थिए। पहिले उपत्यका प्रहरी कार्यालय प्रमुख हुँदा उनले नक्कली भुटानी शरणार्थीको मुद्दा अगाडी बढाएका थिए। जुन मुद्दाका कारण कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण जेल पुगे।

एमालेका निलम्बित सचिव एवम् पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी अहिले पनि केन्द्रीय कारागारमै छन्।

सीआईबी प्रमुख भएपछि कांग्रेसमाथि अनुसन्धान अगाडी बढाएको तर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिमाथि अनुसन्धान भइरहेको सहकारी ठगीको अनुसन्धान रोकेको आरोप पनि उनीमाथि छ।

 

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी