काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । शुक्रबार बसेको पार्टीको बैठकले ३४४ जानको केन्द्रीय कमिटीको घोषणा गरेको हो ।
एकीकृत समाजवादीले दसौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्ष, सम्मानित नेता र महासचिवसहित तीन पदाधिकारी, ९० केन्द्रीय सदस्यको घोषणा गरेको थियो । बाँकी केन्द्रीय सदस्यको घोषणा शुक्रबार गरेको एकीकृत समाजवादीले केही पदाधिकारीको चयन गर्न बाँकी रहेको छ ।
यसअघि २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय गरेको एकीकृत समाजवादीले सङ्ख्या बढाएर घोषणा गरेको हो । साउन १६ गते बसेको पार्टी बैठकले केन्द्रीय कमिटी र केन्द्रीय आयोगको सङ्ख्या, नाम र मनोनयनका बारेमा गृहकार्य गर्न तीन सदस्यीय कार्यदल गठन गरेको थियो ।
https://www.mirmireonline.com/wp-content/uploads/2024/08/Final-list-CCM-2081.03.18.pdf
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline