कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कार्की बिरुद्ध संघर्ष गर्ने पूर्व मुख्यमन्त्री केदार कार्कीको घोषणा

कोशी प्रदेशका मुख्य मन्त्री हिकमत कार्की बिरुद्ध संघर्ष गर्ने पूर्व मुख्यमन्त्री केदार कार्कीको घोषणा

  • बुधबार, साउन १६, २०८१
  • मिर्मिरे अनलाइन

  • 10.5K
    SHARES

साउन १५ काठमाण्डौँ । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवम् नेपाली कांग्रेसका नेता केदार कार्कीले हालका मुख्यमन्त्री हिक्मत कार्की विरूद्ध संघर्षको घोषणा गरेका छन् ।

सत्ता गठबन्धन फेरिएर कांग्रेस र एमाले मिलेर सरकार बनाइसकेको र प्रदेशमा समेत एमालेकै नेता कार्की नेतृत्वको सरकारमा पार्टी सहभागी हुने तयारी भईरहेका बेला पूर्वमुख्यमन्त्री कार्कीले यस्तो घोषणा गरेका हुन्।

‘जहाँ–जहाँ सेटिङ मिलेको छ, मुख्यमन्त्री हिक्मत कार्कीले यस पटकको बजेट त्यहाँ–त्यहाँ हालेका छन्,’ बुधबार विराटनगरस्थित प्रदेश सभा सचिवालयमा पत्रकारहरूसँग कुरा गर्दै केदार कार्कीले भने, ‘तर, जुन बजेटबाट जनताले सेवा पाउने थिए, त्यही–त्यही बजेट चाहिँ काटिएको छ। यो मनपरीविरूद्ध म संघर्ष गर्छु। पार्टी सरकारमा सामेल हुँदैछ भनेर मनपरी सहेर बसिन्न।’

गत वर्ष कांग्रेसमा विद्रोह गरेर एमालेकै समर्थनमा प्रदेशको मुख्यमन्त्री बनेका कांग्रेस नेता कार्कीले सरकारमा छँदा केही लोकप्रिय कार्यक्रमहरू घोषणा गरेर कार्यान्वयनमा लगेका थिए।

दश वर्ष मुनिका बालबालिकाहरूको सबै उपचार प्रदेश सरकारले गर्ने घोषणा गरेका कार्कीकै कार्यकालमा यो कार्यक्रम कार्यान्वयनमा गएको थियो।

कार्यक्रम अनुसार प्रदेशका ठूला निजी अस्पतालहरूमा उपचार गराउने बालबालिकाका अभिभावकले बिल पेश गरेपछि प्रदेश सरकारले सबै खर्च व्यहोथ्र्यो। तर, एमाले नेता हिक्मत कार्की मुख्यमन्त्री बनेपछि ‘खर्च धान्न नसकिने’ भन्दै यो कार्यक्रम कटौती गरेका थिए।

आफ्नो कार्यकालमा यो कार्यक्रमबाट लाभान्वित हुने बालबालिकाको नाम र रोग समेत सुनाएका केदार कार्कीले अहिलेको सरकारले त्यो योजना काटेको तर मन्त्री र मुख्यमन्त्रीहरूको सुविधा र गाडीहरू भने थपेको आरोप लगाए।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी