काठमाडौं साउन १४ । संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलको बैठक जारी रहेको छ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमा रहेका विमतिका विषयलाई टुंग्याउन आज पनि सिंहदरबारमा बैठक बसिरहेको छ ।
संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका विषयमा सहमति जुटाउन गठित कार्यदलमा महेश बर्तौला, जनार्दन शर्मा र रमेश लेखक छन्। विधेयकमाथि रहेका असहमतिमा सैद्धान्तिक सहमति भइसकेको र सरोकारवालासँग छलफल गरेपछि आज अन्तिम रुप दिन बैठक बसेको बताइएको छ।
यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Tweets by @mirmireonline