लामो समयपछि काँग्रेसका पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहरः कति छ जेल र जरिवाना ?

लामो समयपछि काँग्रेसका पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहरः कति छ जेल र जरिवाना ?

  • आइतवार, साउन १३, २०८१
  • मिर्मिरे अनलाइन

  • 8.8K
    SHARES

काठमाडौँ साउन १४ । भ्रष्टाचार मुद्दामा काँग्रेसका पूर्वमन्त्री गोविन्दराज जोशी सर्वोच्च अदालतबाट समेत दोषी ठहर भएका छन् । विशेष अदालतमा मुद्दा दायर भएको २१ वर्षपछि र विशेषबाट फैसला आएको १२ वर्षपछि आइतबार पूर्वमन्त्री जोशीको मुद्दा सर्वोच्चले टुंगो लगाएको हो ।

३ करोड ९३ लाख रुपैयाँ भ्रष्टाचार गरेको भन्दै जोशीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०६० पुस २८ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । अख्तियारले १३ वर्ष कैद सजायको माग गरेको थियो । तर म्याद गुज्रेको भन्दै विषयमा प्रवेश नै नगरी विशेष अदालतका तत्कालीन अध्यक्ष भूपध्वज अधिकारी तथा सदस्यद्वय कोमलनाथ शर्मा र चोलेन्द्रशमशेर जबराले जोशीको मुद्दा २०६३ कात्तिक ३० मा खारेज गरिदिएका थिए ।

विशेषको फैसलाविरुद्ध अख्तियारले सर्वोच्च अदालतमा पुनरावेदन गर्‍यो । ५ वर्षपछि २०६८ पुस २४ मा सर्वोच्चका न्यायाधीशद्वय सुशीला कार्की र तर्कराज भट्टको इजलासले जोशीविरुद्धको मुद्दा खारेज गर्ने सुरु अदालतको निर्णय उल्ट्याउँदै पुनः तथ्यमा प्रवेश गरेर फैसला गर्नुपर्ने ठहर गरेको थियो ।

विशेषका तत्कालीन अध्यक्ष गौरीबहादुर कार्की तथा सदस्यद्वय ओमप्रकाश मिश्र र केदारप्रसाद चालिसेको इजलासले २०६९ साउन १० मा जोशीलाई डेढ वर्ष कैदका अतिरिक्त २ करोड १६ लाख जरिवाना हुने फैसला गरेको थियो ।

विशेषको फैसलाविरुद्ध जोशीले २०६९ फागुन ६ मा सर्वोच्चमा पुनरावेदन गरेका थिए । १२ वर्षपछि सर्वोच्चका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले जोशीलाई नौ महिना कैद सजाय र ६९ लाख १५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ । अख्तियारले अनुसन्धानका क्रममा तीन महिना थुनामा राखेका कारण जोशीले बाँकी करिब ६ महिना मात्र कैद सजाय भुक्तान गर्नुपर्नेछ ।

जोशी ७५ वर्ष पुग्न लागेकाले ज्येष्ठ नागरिकका रूपमा ७५ प्रतिशतसम्म छुट पाउन सक्ने छन् ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी