साउन ४ काठमाण्डौँ । केही दिन अघि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रीबाट हटेपछि नुवाकोटका सांसद एवं पूर्व मन्त्री हित बहादुर तामाङ गृह जिल्लामा सक्रिय भएर खट्न थाल्नु भएको छ ।
उहाँ जिल्लाका बाढी पहिरो प्रभावित क्षेत्रहरुको अवलोकनमा व्यस्त रहेको जिल्लाका माओवादी नेताहरु बताउछन् ।
पूर्व मन्त्री तामाङले नुवाकोट जिल्ला पञ्चकन्या गापा वडा नम्बर ५ भद्रुटार, र शिवपुरी गापा वडा नम्बर ५को मुलाबारी, जेम्राङ, चेङ्गेरेङ घ्याङ , गारे , नेपाने र कुखुरे लगायतका गाउँहरुमा पहिरोबाट भएको क्षति र जोखिमको अबलोकन गर्नु भएको छ ।
उहाँसँगै अबलोकन टोलीमा वाग्मती प्रदेश सभा सदस्य राधिका तामाङ ,पञ्चकन्या गापा अध्यक्ष तेजबहादुर तामाङ (रमेश ), शिवपुरी गापा उपाध्यक्ष बिरबहादुर तामाङ नुवाकोट सहायक जिल्ला अधिकारी कृष्ण हुमागाई , जिल्ला बन अधिकृत रोशना पौडेल गरनगाई , भू तथा जलाधार कार्यालय प्रमुख ,जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा जवानहरु र समाजसेवी एवम् पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
त्यस क्रममा मानवीय क्षतिबाठ जोगिन र जोगाउन बैकल्पिक वासस्थानको व्यवस्थापन मिलाउन , पशुपञ्छी क्षति हुनबाट बचाउन , अन्नपात र लुगाफाटो सुरक्षित राख्ने बारे स्थानीय सरोकारवाला र जनप्रतिनिधिहरुसंग उहाँले छलफल गर्नु भएको थियो ।


