शपथ खाएको सात दिनमै प्रधानमन्त्री ओलीको नियुक्ति बिरुद्ध सर्वोच्चमा पेशी, के होला अदालती फैसला ?

शपथ खाएको सात दिनमै प्रधानमन्त्री ओलीको नियुक्ति बिरुद्ध सर्वोच्चमा पेशी, के होला अदालती फैसला ?

  • सोमवार, असार ३२, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.4K
    SHARES

असार ३२ काठमाण्डौँ । तेस्रो कार्यकालमा सर्वोच्च अदालतबाटै बर्खास्त भएका प्रधानमन्त्री केपी शर्मा ओलीको चौथो कार्यकालको शुरुमै फेरी सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

उनले संविधानको धारा ७६ ( २ ) अनुसार प्रधानमन्त्री हुनु असंवैधानिक रहेको कानुन व्यवशायीहरुको ठहर छ । उनीहरुले संविधानको धारा ७६ (३) बमोजिम ठूलो दलको नेता प्रधानमन्त्री हुनु पर्ने भन्दै रिट दायर गरेका हुन् ।

यो रिटमा साउन ६ गतेका लागि पेशी तोकिएको छ । प्रधानमन्त्रीको ओलीको नियुक्ति बदरको माग गर्दै खगेन्द्र चापागाईं, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले आज सर्वोच्चमा रिट दायर गरेका हुन् ।

राष्ट्रपतिले संबिधानको प्रावधानको विपरित ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेको भन्दै रिट दायर गरिएको छ । रिटमा संबिधानको धारा ७६ को उपधारा ३ अनुसार प्रधानमन्त्री नियुक्त हुनुपर्ने माग गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार एमाले अध्यक्ष ओलीलाई संबिधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त गरेका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ