नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटियो

  • सोमवार, असार ३२, २०८१
  • मिर्मिरे अनलाइन

  • 3.8K
    SHARES

चितवन । चितवनको नारायणी नदी किनारमा अहिलेसम्म ११ जनाको शव भेटिएको छ ।

गत शुक्रबार बिहान पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका दुईवटा बसका यात्रुहरु खोज्ने क्रममा अहिलेसम्म ११ वटा शव भेटिएको प्रहरीले जानकारी दिएको छ । यी शवहरु पहिरोमा परेर त्रिशुलीमा बेपत्ता भएका बसकै रहेको अनुमान प्रहरीले गरेको छ ।
अहिलेसम्म पाँच जनाको सनाखत भएको र ६ जनाको सनाखत हुन बाँकी रहेको छ ।

काठमाडौँबाट गौरतर्फ गइरहेको बागमती प्रदेश०३–००१ख २४९५ नम्बरको बस र वीरगञ्जबाट काठमाडौँतर्फ गइरहेको बागमती प्रदेश०३–००६ख १५१६ नम्बरको बस भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरो खस्दा शुक्रबार बिहान दुवै बस त्रिशूलीमा बगेका थिए ।

गौरतर्फ गइरहेको बसमा २७ जना र र वीरगंजबाट काठामाडौँतर्फ गइरहेको बसमा ३८ जना बेपत्ता भएका थिए । जसमा तीन जना सकुसल बचेका थिए भने ६२ जना बेपत्ता रहेका छन् । अहिलेसम्म पनि बस भेटिएको छैन र त्रिशुली नदीमा जीकार्य जारी रहेको छ ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी