मुकुल ढकालमाथि कार्बाही बारे रास्वपाले आज निर्णय गर्ने

मुकुल ढकालमाथि कार्बाही बारे रास्वपाले आज निर्णय गर्ने

  • मङ्लबार, असार २६, २०८१
  • मिर्मिरे अनलाइन

  • 5.2K
    SHARES

असार २५ काठमाण्डौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निलम्बित महामन्त्री डा मुकुल ढकालमाथिको कारबाहीबारे आज निर्णय गर्दैछ ।

ढकालमाथि छानबिन गरी अनुशासन आयोगले प्रतिवेदन तयार पारिसकेको छ।

कारबाहीबारे अन्तिम निर्णय लिन केन्द्रीय समिति बैठक आयोजना गरिएको हो। पार्टीको विधानले कारबाहीसम्बन्धी निर्णय लिन केन्द्रीय समितिको बैठक अनिवार्य गरेको छ।

गत मंगलबार बसेको केन्द्रीय समिति बैठकले ढकाललाई ७ दिनका लागि निलम्बन गरी आवश्यक छानबिनका लागि अनुशासन आयोगलाई जिम्मा दिएको थियो।
केन्द्रीय समिति बैठक मंगलबार बिहान ८ बजे बोलाइएको छ।

महामन्त्री ढकालले एक महिने समीक्षा यात्रापछि तयार पारेको प्रतिवेदन पनि ग्रहण नगर्ने नेताहरूले बताएका छन्। ढकालले पार्टी विवेकशील साझा जस्तो बन्ने भन्दै समिक्षा गर्नु पर्ने बताउदै बैठक लाईभ गर्न माग गर्दै मुखमा टेप टाँसेर बैठकमा बसेपछि उनी बिरुद्ध सबै केन्द्रीय सदस्य खनिएका थिए ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ