ओलीप्रति बालेनको आक्रोशः तपाईले पचाउन खोज्नु भएको गिरीबन्धुको जग्गामा १५ हजार परिवारको व्यवस्थापन हुन्छ

ओलीप्रति बालेनको आक्रोशः तपाईले पचाउन खोज्नु भएको गिरीबन्धुको जग्गामा १५ हजार परिवारको व्यवस्थापन हुन्छ

  • शनिबार, असार २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 6.6K
    SHARES

असार २२ काठमाण्डौँ । काठमाडौँ महानगरका मेयर बालेन शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गिरीबन्धु प्रकरण बारे फेरी कटाक्ष गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै बालेनले बर्षाका कारण काठमाडौँमा मात्र लगभग दुई हजार परिवार प्रभावित भएको बताउदै तपाइले पचाउन खोजेको गिरीबन्धुमा यस्ता १५ हजार परिवारको व्यवस्थापन हुन सक्ने बताएका हुन् । उनले भनेका छन्- ‘काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ ।’

बालेनले ३० बर्षसम्म भोटको राजनिती गरेको आरोप लगाउदै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ भन्दै प्रश्न गरेका छन् । उनले भनेका छन्- ‘अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?’

बालेनले भनेका छन्-

माननीय केपी ओलीज्यू,

आज काठमाडौँमा केहि घण्टा पानी पर्दा खोला छेउ बस्ने धेरै डुबानमा परे । खोला बस्तीमा पसेको हैन, खोलाले आफ्नो बाटो खोजेको हो । आज एकदिन पानी पर्दा त यस्तो हालत छ, केही दिन लगातार पानी पर्दा के हालत हुने हो !

अनि ठुलो दुर्घटना कुन दिन आउँछ भनेर कुर्दै बस्ने हो र हामी ? उहाँहरूको जीवनसँग खेलवाड गरेर भोटको राजनीति यसरी नै सँधै गरिरहने हो ? उहाँहरूलाई उचित ठाउँमा लगेर व्यवस्थापन गर्नेतर्फ सोच्ने कि उहाँहरूलाई जसरी ३० बर्ष झुलाइसक्नु भयो, अझै अर्को ३० बर्ष पनि झुलाउने सोच बनाउनु भएको छ ?

काठमाडौँमा लगभग २००० परिवार खोला छेउमा बस्ने गरेका छन् । तपाईले पचाउँन खोज्नु भएको गिरिबन्धु’मा यस्ता १५००० परिवार व्यवस्थापन हुन सक्छ । अब त प्रधानमन्त्री नि बन्दै हुनुहुन्छ रे, त्यो पनि दुई तिहाई बहुमतसहित । अब यो समस्याको समाधान गर्नु हुनेछ भन्ने आशा लिएको छु ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी