सिन्धुपालचोकमा जलबिद्युत आयोजनाको सुरुङमा पुरिएका २ मजदुरको मृत्यु, १० जना घाईते

सिन्धुपालचोकमा जलबिद्युत आयोजनाको सुरुङमा पुरिएका २ मजदुरको मृत्यु, १० जना घाईते

  • शनिबार, असार २३, २०८१
  • मिर्मिरे अनलाइन

  • 7K
    SHARES

असार २२ काठमाण्डौँ । सिन्धुपाल्चोकमा निर्माणाधिन भोटेकोसी जलविद्युत्मा आयोजनामा पुरिएर बेपत्ता भएका दुई मजदुरको मृत्यु भएको छ । भोटेकोसी गाउँपालिका -४ मा निर्माणधिन झिर्पु इलेक्ट्रो पावर कम्पनी लिमिटेडको ड्याम साइडको सुरुङ भत्किँदा शुक्रबार साँझ १२ मजदुर पुरिएका थिए ।

पुरिएकामध्ये १० मजदुरको घाइते अवस्थामा राति नै उद्धार गरिएको भएपनि बेपत्ता दुई मजदुरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी निरन्जन भट्टराईले जानकारी दिए।

‘शुक्रबार साँझ सुरुङभित्र पुरिएका दुई मजदुरको शव शनिबार बिहान ४ बजे निकालिएको छ’, डीएसपी भट्टराईले नेपालखबरसँग भने, ‘घाइते १० जनाको सिन्धुपाल्चोक र काभ्रेका असप्तालमा उपचार भइरहेको छ।’

निर्माणाधिन ४० मेगावाटको भोटेकोशी जलविद्युत् आयोजना–१ को ड्यामसाइडको सुरुङको ढलान गर्ने क्रममा शुक्रबार साँझ सल्याबको ढलान भासिँदा घटना भएको थियो ।

मृत्यु हुनेमा बर्दियाको ठाकुरबारा नगरपालिका–३ का ३० वर्षीय रामदिन थारु र ठाकुरबाबा–५ का ३० वर्षीय सुमन थारु छन्। उनीहरु आयोजना निर्माणमा खटिँदै आएका मजदुर हुन्। घटनामा १० जना मजदुर घाइते भएका छन् ।

गम्भीर अवस्थाका चार जनालाई थप उपचारको लागि काभ्रेको धुलिखेल ल्याइएको छ। घटनास्थल सिन्धुपाल्चोक सदरमुकाम बाह्रबीसेबाट ७० किलोमिटर उत्तर पूर्वमा पर्छ।

यसमा तपाइको प्रतिक्रिया
सम्बन्धित समाचार
Like us On Facebook
Follow Us On Twitter
धेरै पढिएको
Mirmire Online ठेगाना:अनामनगर काठमाडौँ
फोन : ०१-५९०१७७५, ९८४१८०८८४९
इमेल : mirmireonline@gmail.com
फेसबुक : facebook.com/onlinemirmire
सूचना तथा प्रशारण बिभाग दर्ता नं.: १७८/०७३-७४
©2016 Mirmire Online. All Right Reserved |  Site By: Sobij
संरक्षक: कल्याण तिम्सिना, प्रबन्ध निर्देशक: सिर्जना तिम्सिना, प्रधान सम्पादक : कृष्ण कुमार श्रेष्ठ, सम्पादक: वाशुदेव तिमिल्सना, प्रवन्धक - श्रीवास दास श्रेष्ठ, व्यवस्थापक: सन्तोष सेन्चुरी